चलचित्र ‘कङ्गारु’ निर्माण गर्दै दीपक मनाङे, निर्देशकमा सम्राट
मङ्गलबार, ०५ मङ्सिर २०८०, १३ : २५

काठमाडौँ । फिल्म ‘कङ्गारु’ निर्माण हुन भएको छ । सम्राट बस्नेतको निर्देशन रहने फिल्म प्रदेश सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ ले निर्माण गर्न लागेका हुन् । फिल्म सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण हुने निर्देशक बस्नेतले बताए ।
फूलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसको आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो । फिल्ममा प्रेम थापा र धन बहादुर गुरुङको लगानी रहनेछ ।
फिल्ममा सीमा गुरुङको कथा, महेश दवाडीको पटकथा रहनेछ । फिल्मको कलाकार छनौटको क्रममा छन् । फिल्मको कलाकार र प्राविधिक पक्ष केही समयपछि सार्वजनिक गर्ने निर्देशक बस्नेतले बताए । फिल्मको छायाङ्कन फागुनदेखि सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रा, आज कसको मूल्य कति ?
-
आज विश्व सम्पदा दिवस मनाइँदै
-
आजदेखि तीन दिन कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली