मेस्सीले विश्वकप जित्दा लगाएको जर्सी लिलामीमा, म्याराडोनालाई उछिन्ने अनुमान

काठमाडौँ । अर्जेन्टिनाले सन् २०२२ को फिफा विश्वकपको उपाधि जित्दा टोलीका कप्तान लियोनल मेस्सीले लगाएको जर्सी लिलामीमा बिक्री गरिने भएको छ । अर्जेन्टिनालाई विश्वकप जिताउने क्रममा ३६ वर्षीय मेस्सीले लगाएको ६ वटा जर्सी लिलामीमा बिक्री गर्न लागिएको हो ।
कतारमा सम्पन्न सन् २०२२ को विश्वकपको फाइनलमा मेस्सी नेतृत्वको अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४—२ गोलले हराएको थियो । मेस्सीको जर्सी अमेरिकाको न्यु योर्कस्थित साथेबीले लिलामी गर्न लागेको समाचारमा जनाइएको छ ।
कीर्तिमानी रुपमा आठपटक बालन डी’ओरको उपाधि जितिसकेका मेस्सीले कतार विश्वकपको फाइनलमा लगाएको जर्सीको सेट ८० लाख पाउन्ड (करिब एक अर्ब ३४ करोड नेपाली रुपैयाँ) भन्दा बढीमा बिक्री हुने अनुमान गरिएको छ । मेस्सी हाल अमेरिकी क्लब इन्टर मियामीबाट ब्यवसायिक फुटबल खेल्छन् ।
यसअघि अर्जेन्टिनाका महान फुटबलर डिएगो म्याराडोनाले लगाएको जर्सी सन् २०२२ मा ७१ लाख पाउन्डमा लिलामी भएको थियो । म्याराडोनाले एक खेलका क्रममा हातले गोल गरेका थिए । उनको त्यो गोललाई रेफ्रीले समेत ठम्याउन सकेका थिएनन् ।
त्यसपछि म्याराडोनाले त्यो गोललाई भगवानको हातबाट भएको गोल (ह्यान्ड अफ गड) भनेर सम्बोधन गरेका थिए । म्याराडोनाको त्यो गोल अहिले पनि विश्वभर ‘ह्यान्ड अफ गड’ का नामले चर्चित छ । त्यही खेलमा म्याराडोनाले लगाएको जर्सी सन् २०२२ मा लिलामी गरिएको थियो ।
कतार विश्वकपपछि मेस्सी विश्वकपको इतिहासमा समूहगत चरण, प्रिक्वार्टरफाइनल, क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलमा गोल गर्ने पहिलो खेलाडी बनेका थिए । मेस्सीले लगाएको जर्सी लिलामी गर्नुअघि नोभेम्बर ३० देखि डिसेम्बर १४ सम्म न्यु योर्कमा सर्वसाधारणका लागि प्रदर्शनमा समेत राखिने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविले भन्यो–भारतको किट विश्वविद्यालयबाट फर्केका विद्यार्थी त्रिविमा भर्ना हुन सक्छन्
-
पश्चिम नवलपरासी झडप अपडेट : उपचारको क्रममा एक जनाको मृत्यु
-
एन्टिबायोटिक औषधिको सेवन बिचमै छोड्नु घातक !
-
सरकार, राजनीतिक दल, प्रशासन र निजी क्षेत्र सबै एउटै डुङ्गामा छौँ : अध्यक्ष ढकाल
-
बैंकर्स संघका अध्यक्ष भन्छन्, ‘मौद्रिक नीतिको समीक्षा स्वाभाविक र अपेक्षित’
-
बाँस सम्मेलनको तयारी पूरा