न्यायाधीश सिफारिसका लागि सर्वोच्चमा अनौपचारिक बैठक

काठमाडौँ । सर्वोच्च अदालतमा रिक्त ७ न्यायाधीशको सिफारिसको सम्बन्धमा छलफल गर्न प्रधानन्यायाधीशले अनौपचारिक बैठक डाकेका छन् । न्यायाधीश सिफारिसका सम्बन्धमा सहमति जुटाउन प्रधानन्यायाधीश सहितका न्याय परिषद्का चार सदस्य सर्वोच्च अदालतमा उपस्थित भएका छन् ।
सर्वोच्च अदालत श्रोतका अनुसार यतिबेला प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सदस्य रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी सर्वोच्च अदालतमा बैठक बसिरहेका छन् । न्याय परिषद्का सदस्य रहने कानुनमन्त्री धनराज गुरुङ नआइपुगेको कारण यतिबेला उनीहरु आन्तरिक छलफलमै रहेका छन् ।
सोमबार पनि प्रधानन्यायाधीश श्रेष्ठ, वरिष्ठतम् न्यायाधीश खतिवडा र न्याय परिषद्का सदस्यहरुले अनौपचारिक छलफल गरेका थिए । सोमबारको छलफलबाट कस कसलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने भन्ने सम्बन्धमा सहमति हुन नसकेपछि मंगलबार बिहानै अनौपचारिक छलफल भएको हो ।
मंगलबारको पेसी सूचीमा समेत प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई पेसी तोकिएको छैन । मंगलबार साँझसम्म परिषद्को बैठक बसेर सर्वोच्च अदालतमा सिफारिस हुने व्यक्तिहरुको नाम टुङ्ग्याई सिफारिस गर्ने तयारी रहेको सर्वोच्च अदालत श्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पोखरा–छेन्दु उडान नियमित गर्न सबैको सहयोग आवश्यक’
-
वायु प्रदूषण न्यूनीकरणका लागि तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण
-
तीनकुनेको प्रदर्शनमा ट्राफिक लाइट फुटाएको आरोपमा एक जना युवक पक्राउ
-
१० बजे १० समाचार : भैरहवा कारागारको ४ नम्बर ब्लकमा रविदेखि माओवादीको ८ बुँदे सर्कुलरसम्म
-
सामुदायिक वनभित्र महिलाको शव फेला
-
भारतमा एक्कासि किन बढाइयो घरेलु ग्यास सिलिन्डरको मूल्य ?