अर्थतन्त्र थप चलायमान बनाउन सरकारले आज निजी क्षेत्रसँग सुझाव लिने
मङ्गलबार, ०५ मङ्सिर २०८०, ०६ : १५

काठमाडौँ । मुलुकको समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनका लागि थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले आज निजी क्षेत्रसँग सुझाव, सल्लाह लिने भएको छ ।
अर्थतन्त्रको अहिलेको अवस्था र अबको दिशाबारे जानकारी लिन हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थसहित विभिन्न मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायत निकायसँग छलफल गरेका थिए।
यही विषयमा आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा निजी क्षेत्रसँग पनि छलफल गरिने अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए।
हिजोको बैठकमा देशको अर्थतन्त्रबारे आफूले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको र त्यसपछि राष्ट्र बैंकका गभर्नर र राष्ट्रिय योजना आयोगका प्रतिनिधिले पनि आफ्ना कुरा राखेको महतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री
-
आफू र परिवारलाई धम्की आएपछि कमेडियन सजन श्रेष्ठले दिए प्रहरीमा उजुरी
-
कालीगण्डकी करिडोर : गैँडाकोट–मालढुंगा सडकलाई बजेट अभाव
-
यी ५ गल्ती बन्न सक्छ ब्रेकअपको कारण
-
सांसदले नाबालिकालाई बन्धक बनाएको प्रकरण : महानगरले आयोगलाई बुझायो १२० पृष्ठ लामो अनुसन्धान अभिलेख
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची