शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतीय गाडीको ज्यादती बढेको भन्दै मालवाहक सवारी साधन नचलाउने निर्णय

सोमबार, ०४ मङ्सिर २०८०, २२ : १४
सोमबार, ०४ मङ्सिर २०८०

बारा । ट्रक चालकहरूको संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले मंगलबारदेखि कुनै पनि मालवाहक सवारी साधन नचलाउने निर्णय गरेको छ ।  संगठनले सोमबार एक कार्यक्रमको आयोजना गरी राजमार्गमा भारतीय गाडी हावी हुँदा नेपाली ट्रक मजदुर समस्यामा परेको भन्दै मंगलबार (मङ्सिर ५ गते) देखि मालवाहक सवारी साधन नचलाउने निर्णय गरेको हो । 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष नवराज कार्कीले ट्राफिक प्रहरीले राजमार्गमा भारतीय गाडीलाई निर्बाध रूपमा गुड्न दिने तर नेपाली मालवाहक गाडीहरूलाई ठाउँ ठाउँमा रोकेर अनावश्यक चेकजाँच गर्ने, दुंःख दिने गरेको आरोप लगाए । 

ट्रक यातायात मजदुरहरूले वीरगन्ज महानगर, परवानीपुर गाउँपालिका, जीतपुर सिमरा उपमहानगर लगायतका स्थानीय तहले कवाडी करका नाममा हरेक मालवाहक सवारी साधनसँग अवैध ढंगले रकम उठाउँदा स्थानीय प्रहरी प्रशासन मौन बसेको टिप्पणी गरेका छन् । 

मजदुर संगठनले विरोधको कार्यक्रमबारे स्थानीय प्रशासनमा ज्ञापनपत्र बुझाएपनि ध्यानाकर्षण नभएको भन्दै माग सम्बोधन नभएसम्म आन्दोलनको कार्यक्रम फिर्ता नलिने जनाएको छ । मजदुरहरूले  उपमहानगरले पार्किङको व्यवस्थापन गर्न नसक्दा राजमार्गमा पार्किङ गर्न आफूहरु बाध्य भएको गुनासो गरेका छन् । 

सोमबारको विरोध कार्यक्रममा भारतीय गाडी बन्द गर, मजदुर संगठन जिन्दाबाद, ट्राफिक ज्यादती बन्द गर, नगरपालिकाको दादागिरी बन्द गर, चन्दा आतङ्क बन्द गर लगायतका नारा लगाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप