पोखराबाट लागुऔषधसहित ३ जना पक्राउ
सोमबार, ०४ मङ्सिर २०८०, २१ : १८

पोखरा । पोखरामा लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो र कास्की प्रहरीबाट खटिएको टोलीले आलुमाइला चोकबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा उदयपुर घर भइ पोखरा ५ मासबार बस्ने २३ वर्षका जीवन विक, अर्घाखाँची घर भई पोखरा ८ सितलमार्ग बस्ने २५ वर्षका प्रविण पौडेल र पोखरा ९ संगममार्ग बस्ने २३ वर्षका कुशल विक्रम खाँण छन् ।
जीवनलाई शंकास्पद अवस्थामा भेटेपछि चेकजाँच गर्ने क्रममा नाइट्रोभ्याट लेखिएको लागु औषध ५ चक्की फेला परेको थियो । सोही आधारमा सोधपुछ गर्दा अरु दुईजना पक्राउ परेका हुन् । प्रविणको साथबाट ५ सय ७ चक्की नाइट्रोभ्याट र कुशलको साथबाट पनि ३ सय चक्की नाइट्रोभ्याट बरामद भएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए । उनीहरुलाई लागुऔषध मुद्दामा १० दिन म्याद थपी अनुसन्धान थालिएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्षको शुभकामना दिँदै प्रचण्डले भने, ‘सरकारले दलाल र विचौलियाको पक्षमा निर्णय लिँदा जनआक्रोश बढ्यो’
-
चरिकोटमा ‘सडकमा खाऊँ, सडकमै रमाऊँ’महोत्सव
-
‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ विरुद्ध उच्च अदालत पाटनमा रिट
-
परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा
-
पूर्वराजा ज्ञानेन्द्र र मोदीको भारतमै विरोध
-
मण्डलामा सुनिए मञ्जुल, अभि सुवेदी र एलिसा एकलास