आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय

चीन-फ्रान्स सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन राष्ट्रपति सीको आग्रह

सोमबार, ०४ मङ्सिर २०८०, २० : १३
सोमबार, ०४ मङ्सिर २०८०

बेइजि । चिनियाँ राष्ट्रपति सी जिनफिङले सोमबार आफ्ना फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोनसँग चीन-फ्रान्स मित्रतालाई अगाडि बढाउन र सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन आह्वान गरेका छन् ।

सन् २०२४ मा द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वार्षिकोत्सव मनाइँदै गर्दाको पूर्वसन्ध्यामा दुवै पक्षले इतिहासका विभिन्न कालखण्डका आवश्यकतालाई बुझेर मौलिक नियतमा अडिग रहनुपर्ने र परम्परागत मित्रतालाई अगाडि बढाउनुपर्ने राष्ट्रपति सीको धारणा छ ।

समकक्षी म्याक्रोनसँगको टेलिफोन वार्तामा राष्ट्रपति सीले चीन-फ्रान्स सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनुपर्ने धारणा व्यक्त गरेका हुन् । 

राष्ट्रपति सीले चिनियाँ बजारमा फ्रान्सेली उत्पादनको बढ्दो  अवस्थामा रहेकोमा चीन खुसी रहेको भन्दै चीनमा फ्रान्सेली उद्यमहरूको थप लगानीलाई स्वागत गर्ने बताए ।

टेलिफोन वार्तामा उनले फ्रान्समा चिनियाँ उद्यमहरूको लगानीका लागि फ्रान्सले निष्पक्ष र भेदभावरहित व्यापारिक वातावरण उपलब्ध गराउने आशा पनि चीनले लिएको उल्लेख गरे ।- (रासस/सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप