अस्थायी आवास बनाउन कांग्रेसले पठायो प्रदीपको नेतृत्वमा पहिलो टोली

काठमाडौँ । नेपाली कांग्रेसले भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिममा अस्थायी आवास बनाउने पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वको टोली पठाएको छ । भूकम्प प्रभावित क्षेत्रमा एक हजारवटा अस्थायी आवास बनाउने अभियान अनुसार आज पौडेल नेतृत्वको टोली जाजरकोट प्रस्थान गरेको हो ।
सोमबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले पनि अस्थायी आवास बनाउन स्वयमसेवक खटाउने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार पौडेल नेतृत्वको पहिलो टोली भूकम्प प्रभावित क्षेत्रतिर लागेको हो ।
कांग्रेसले इन्जिनियर, डकर्मीसहित २५ वटा टोली भूकम्प प्रभावित क्षेत्रमा टहरा बनाउन परिचालन गर्ने निर्णय गरेको थियो । एउटा टोलीमा १० जनाका दरले स्वयमसेवक हुनेछन्। पौडेल नेतृत्वको टोलीमा नेता डिल्लीराम सुवेदी, सुशील भट्ट, पुष्प बस्नेत, दिपक कँडेल, भागवत रेग्मी, सुवास घिमिरे, जीवन सुवेदी, नवराज डागी लगायत छन् ।
जाजरकोटको नलगाड नरगपालिका ४ र ५ नम्बर वडामा मंगलबारदेखि टहरा निर्माण कार्य सुरू गरिने पौडेलले बताए । नेपालगन्ज र सुर्खेतबाट ३५ जना सिकर्मी–डकर्मी, ५–६ जना इन्जिनियर लगिएको उनको भनाइ छ । जाजरकोटमा सय जना स्वयंसेवी अस्थायी आवास निर्माणमा परिचालन हुने छन् । पौडेल नेतृत्वको टोली सय वटा अस्थायी आवास बनाए करिब एक सातापछि काठमाडौँ फर्किने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?