ओपनएआईले बर्खास्त गरेका सीईओ स्याम अल्टम्यानलाई माइक्रोसफ्टले लग्यो

क्यालिफोनिर्या । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टले एआई निर्माता कम्पनी ओपनएआईका पूर्व प्रमुख कार्यकारी अधिकारी (सीईओ) स्याम अल्टम्यान र सह–संस्थापक ग्रेग ब्रोकम्यानलाई काम दिएको छ ।
शुक्रबार अल्टम्यानलाई ओपनएआईले बर्खास्त गरेको थियो । कम्पनीको नेतृत्व गर्नसक्ने उनको क्षमताप्रति विश्वास गर्न नसक्ने भन्दै कम्पनीको सञ्चालक समितिले अचानक उनलाई बर्खास्त गरेको थियो ।
कम्पनीका केही लगानीकर्ताहरुले अल्टम्यानलाई ओपनएआईमा फिर्ता ल्याउन सञ्चालक समितिलाई दबाब समेत दिएका थिए । सप्ताहन्तमा भएको वार्तापछि उनी कम्पनी फर्किन सक्ने आकलन चुलिएको थियो । यसैबिच माइक्रोसफ्टका सीईओ सत्य नदेल्लाले कम्पनीको नयाँ उन्नत एआई अनुसन्धान टिमको नेतृत्व गर्न अल्टम्यान र ब्रोकम्यानलाई नियुक्त गरेको घोषणा गरेका छन् ।
एक्सको एउटा पोष्टमा अल्टम्यानले नदेल्लाको म्यासेजलाई रिपोष्ट गर्दै आफूले माइक्रोसफ्ट ज्वाइन गर्न लागेको बताएका छन् । ओपनएआईको सीईओको रुपमा अल्टम्यानलाई फिर्ता ल्याउने विषयमा कम्पनीको सञ्चलाक समितिको सदस्यहरुबिचको वार्ता असफल भएको केही घण्टाभित्रै अल्टम्यान माइक्रोसफ्टमा गएको खबर आएको छ । ओपनएआईले ट्विचका पूर्व सीईओ र सह–संस्थापक इमेट शियरलाई अन्तरिम सीईओमा मनोनित गरेको छ । अल्टम्यान कम्पनीमा फिर्ता आउन सञ्चालक समितिका ४ सदस्यले राजिनामा दिनुपर्ने शर्त तेर्साइएको थियो ।
तर ती सदस्यहरुले राजिनामा दिन नमानेपछि अल्टम्यानको पुनरागमनको बाटो बन्द भयो । ओपनएआईबाट बर्खास्त हुने बित्तिकै अल्टम्यानले छुट्टै स्टार्ट–अप भेञ्चर खोल्ने बताएका थिए । तर माइक्रोसफ्टले आफ्नो कष्टम एआइ चिप बनाउने घोषणा गरेको एक हप्ता नबित्दै अल्टम्यान र ब्रोकम्यानको नेतृत्वमा नयाँ परिष्कृत एआई अनुसन्धान टोली बनाइदियो । ओपनएआईमा माइक्रोसफ्टको अझै पनि अर्बौ डलर लगानी छ । ओपनएआईका लागि माइक्रोसफ्ट एक्सक्लुसिभ क्लाउड पार्टनर पनि हो । ओपनएआईसँगको साझेदारीमा कम्पनी प्रतिबद्ध रहेको नदेल्लाले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँमा अझै बालविवाह, निस्दीमा सचेतनामूलक कार्यक्रम
-
लहानमा राजमार्गका होटल अनुगमन
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध