विश्वकप छनोट फुटबल : नेपाल र यमनबिच मंगलबार हुने खेलको सम्पूर्ण तयारी पूरा
![विश्वकप छनोट फुटबल : नेपाल र यमनबिच मंगलबार हुने खेलको सम्पूर्ण तयारी पूरा](https://npcdn.ratopati.com/media/news/anff_Y7p8i1uggz.jpg)
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप छनोट फुटबलको नेपाल र यमनबिच हुने खेलका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । सन् २०२६ मा आयोजना हुने विश्वकपको एसियाली क्षेत्रको दोस्रो चरणको छनोट खेलमा नेपाली टोलीले मंगलबार घरेलु मैदानमा यमनको सामना गर्दैछ ।
नेपाल र यमनबिचको खेल दशरथ रंगशालामा साँझ ७ बजे सुरु हुनेछ । विश्व फुटबल महासंघ (फिफा) को पछिल्लो वरीयतामा नेपाभन्दा यमन निकै अगाडि छ । वरीयतामा यमन १५६औँ र नेपाल १७३औँ स्थानमा रहेका छन् ।
विश्वकप छनोट खेलका लागि नेपाली टोलीले लामो समयदेखि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको प्रशिक्षकत्वमा प्रशिक्षण गरिरहेको छ । विश्वकप छनोट खेलका लागि एन्फाद्वारा गठित समितिका संयोजक दिपक खतिवडाका अनुसार यमनविरुद्धको खेलका लागि साधारण प्यारापिटतर्फ चार सय रुपैयाँ टिकट निर्धारण गरिएको छ ।
यसैगरी भीआईपी प्यारापिटतर्फको टिकटको मूल्य एक हजार रुपैयाँ निर्धारण गरिएको छ । उक्त खेलको टिकट एन्फा आफैँले व्यवस्थापन गरी बिक्री गर्ने जानकारी पनि उनले दिए । उक्त खेलको टिक खेल हुने दिन बिहान ८ देखि साँझ ५ बजेसम्म दशरथ रंगशाला परिसरमा बिक्री गरिने छ ।
खेलका लागि यमनको टोली आइतबार नै नेपाल आइसकेको छ । यमनको टोलीलाई प्रशिक्षणका लागि च्यासल रंगशालामा व्यवस्था मिलाइएको जानकारी पनि संयोजक खतिवडाले दिए । उनका अनुसार, नेपाल र यमनबिचको खेलको अनुमानित बजेट ७३ लाख ६८ हजार चार सय रुपैयाँ रहेको छ ।
यो प्रतियोगिता विश्वकप छनोटसँगै सन् २०१७ मा आयोजना हुने एएफसी एसियन कपका लागि दोस्रो चरणको छनोट पनि हो । दोस्रो चरणको विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘एच’ मा रहेको छ । दोस्रो चरणको छनोट प्रतियोगितामा यसअघि नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) सँग उसैको घरेलु मैदानमा आफ्नो पहिलो खेल खेलेको थियो ।
उक्त खेलमा नेपाली टोली यूएईसँग ४-० गोलको फराकिलो अन्तरले पराजित भएको थियो । उक्त खेलमा नेपालले चारवटै गोल पहिलो हाफमै खाएको थियो । घरेलु मैदानमा भने नेपालले यसमनसँग पहिलो खेल खेल्न लागेको हो ।
छनोट प्रतियोगिताको समूह ‘एच’ मा नेपाल, यमन र यूएईका अतिरिक्त बहराइन पनि रहेको छ । दोस्रो चरणको छनोट खेलमा प्रत्येक समूहमा रहेका टोलीले एकअर्कासँग ‘होम’ एन्ड ‘अवे’ का आधारमा एक-एक खेल खेल्नेछन् ।
त्यसपछि प्रत्येक समूहको अंक तालिकामा पहिलो र दोस्रो स्थानमा रहने टोली विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गर्नेछन् । विश्वकप छनोटको प्रारम्भिक चरणमा लाओसलाई हराएपछि नेपालले दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने अवसर पाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालको संसदीय दलको बैठक सिंहदरबारमा
-
माघमा गणेशको महिमा र स्तुति
-
दरबारमार्ग क्षेत्रको फुटपाथमा ग्रेनाइट लगाउँदै महानगर (तस्बिरहरू)
-
टीकापुरमा ‘भ्यालेन्टाइन–डे’का दिन गुलाफका १० हजार बिरुवा रोपिने
-
पुँजी वृद्धि प्रस्तावसहित एनआईशी एशिया बैंकको साधारणसभा आह्वान
-
डेनमार्क बन्यो विश्वकै कम भ्रष्टाचार हुने देश (सूचीसहित)