विश्व बजारमा बढ्यो तेलको भाउ

सिंगापुर । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन ओपेक र ओपेक बाहिरका रुसलगायत अन्य प्रमुख उत्पादकहरुको समूह ओपेक प्लसले कच्चा तेलको उत्पादन कटौती गहिरो बनाउने आशामा सोमबार तेल बजारले टेवा पाएको हो ।
इजरायल र हमासबीच हप्तौदेखि जारी द्वन्द्व र लडाईका कारण मध्यपूर्वमा तेलको आपूर्तिको अवरुद्ध हुने चिन्ताबीच गएको चार हप्तायता तेलको भाउ ओरालो लागेको थियो । सोमबारको कारोबारमा लन्डनस्थित आईसी एक्सचेञ्जको कोमेक्स डिभिजनमा बिहानी कारोबारमा ब्रेन्ट क्रुडको भाउ शून्य दशमलव ७ प्रतिशतले घटेर प्रतिब्यारेल ८१ डलर १८ सेन्टमा आएको थियो ।
यो समाचार तयार पार्दासम्म नेपाली समयअनुसार मध्यान्ह १२ः १० बजेदेखि ब्रेन्टको भाउ प्रतिब्यारेल शून्य दशमलव ९२ प्रतिशतले बढेर ८१ डलर २९ सेन्टमा उक्लिएको छ । सोही समयमा वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई) क्रुडको भाउ पनि शून्य दशमलव ९१ प्रतिशतले बढेर ब्यारेलकै ७६ डलर ७४ सेन्टमा पुगेको थियो ।
ओपेक प्लसले नोभेम्बर २६ मा बस्ने आफ्नो बैठकमा तेलको उत्पादनमा अतिरिक्त कटौती गर्ने कि नगर्ने भन्नेबारे विचार गर्न लागेको समूह सम्बद्ध स्रोतले बताएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । शुक्रबारको कारोबारमा दुबै बेञ्चामार्कको भाउ ४ प्रतिशतभन्दा धेरैले बढेको थियो ।
सेप्टेम्बर अन्तिमयता ब्रेन्ट र डब्ल्यूटीआई दुबैको भाउ झन्डै २० प्रतिशतले घटेको छ । रुसले भारतमा सोकोल क्रुड पठाएको तीन ओटा जहाजमाथि अमेरिकाले प्रतिबन्ध लगाएपछि रुसको कच्चा तेल आपूर्ति अवरुद्ध हुने हो कि भनेर लगानीकर्ताहरुले हेरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेपालमा दातृ निकायहरूको सहयोग कटौती हुने जोखिम’
-
बेलायत र भारतले सुरु गरे व्यापार वार्ता
-
परराष्ट्रमन्त्री राणा र स्वीट्जरल्याण्डका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
-
‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
-
‘वित्तीय सङ्घीयता’ शीर्षकमा ल्याएको भनिएको रकमबारे प्रस्ट पार्न सरकारसँग माग
-
कुर्स्कका बासिन्दाहरूलाई निकाल्न युक्रेनसँग ‘सम्झौता’ भएको रुसको भनाइ