रुकुम पश्चिम जिप दुर्घटना : गम्भीर घाइतेलाई नेपालगन्ज रिफर गरियो

सुर्खेत । सोमबार बिहान रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ गोईरीज्यूलामा भएको जिप दुर्घटनामा परी गम्भीर घाइतेलाई नेपालगन्ज रिफर गरिएको छ । चौरजहारीस्थित मिसल अस्पतालमा उपचार सम्भव नभएपछि उनीहरूलाई नेपालगन्ज रिफर गरिएको हो ।
प्रहरीकाअनुसार गम्भीर घाइते चौरजहारी नगरपालिका–१३ की ४ वर्षीय डीला विक र सानोभेरी नगरपालिका–२ का १७ महिनाका बालक प्रतीक बुढालाई एम्बुलेन्समार्फत रिफर गरिएको हो । प्रतीकको दायाँ कुम भाँचिएको छ भने विष्टको टाउको र मुखमा गम्भीर चोट लागेको छ ।
लु १ ज २२९७ नम्बरको जिप बिहान ८ः ५० बजे चौरजहारी नगरपालिका–१० खोला गाउँबाट सदरमुकाम मुसिकोटतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो । जिप अनियन्त्रित भई सडकबाट ३०० मिटर तल भेरी नदी किनारमा खसेको थियो ।
दुर्घटनामा परी २२ जना घाइते भएका छन् । त्यसमध्ये ७ जना गम्भीर घाइते भएका थिए ।
जिपमा चालकसहित २१ जना सवार थिए । अन्य गम्भीर घाइतेहरूलाई पनि हेलिकप्टरमार्फत नेपालगन्ज पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले गाजामा गर्यो आक्रमण : २९ जनाको मृत्यु
-
नेपालमा चोरी, भारतमा बिक्री : ६ वटा मोटरसाइकलसहित गिरोह पक्राउ
-
पर्सामा लागुऔषध रोकथामसम्बन्धी तीन महिने सचेतनामूलक कार्यक्रमको शुभारम्भ
-
‘योजनामा हुने बेथितिको अन्त्य गर्न कानुन बनाएर सरकारले काम गरिरहेको छ’
-
पकली खानेपानीमा कांग्रेस-एमाले गठबन्धन पराजित गर्दै माओवादीका उम्मेदवार विजयी
-
सरकारले हलुका रूपमा लियो कि शिक्षकहरूले मानेनन् ?