दयाहाङ र दिव्याको ‘वरिष्ठ बलराम’ मंसिर २५ बाट फ्लोरमा
सोमबार, ०४ मङ्सिर २०८०, १२ : ३७

काठमाडौँ । रोहित अधिकारीको निर्माण रहने फिल्म ‘वरिष्ठ बलराम’ को छायाङ्कन २५ मङ्सिरबाट सुरु हुने भएको छ । निर्माता अधिकारीले सामाजिक सञ्जालमार्फत फिल्मको छायाङ्कन मिति सार्वजनिक गरेका हुन् ।
फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, दिव्या रायमाझी, माओत्से गुरुङ लगायतको मुख्य भूमिका रहनेछ । दिव्या अभिनेता दिलीप रायमाझीको छोरी हुन् । फिल्मको विषयवस्तु भने अहिले खुलाइएको छैन ।
फिल्मको निर्देशन सुरेन्द्र पौडेलले गर्दैछन् । फिल्मको पटकथा लेखन खगेन्द्र लामिछानेको रहेको छ । फिल्म रोहित अधिकारी फिल्मस् र ओएसआर डिजिटलको सहकार्यमा बन्न लागेको हो । ओमप्रकाश अग्रवाल समेत निर्माता रहने फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माता रहनेछन् ।
सुजन चापागाईँको सङ्गीत र सुसन प्रजापतिको छायाङ्कन फिल्ममा रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दशौँ राष्ट्रिय खेलकुद जेठ ३ गतेदेखि
-
जबरजस्ती करणी मुद्दामा दोषी भई फरार व्यक्ति पक्राउ
-
सहजीकरण गरिदिन कोशीका सांसदहरूलाई गृहमन्त्रीको आग्रह
-
'गगन थापाको माफी बनावटी हो, इमानदार कांग्रेसले जनमोर्चालाई नै भोट हालेका थिए'
-
महाशिवरात्रि सकिएसँगै पशुपति क्षेत्रमा थालियो सफाइ, साधुसन्तको बिदाइ भोलि
-
जङ्गली हात्तीले लियो बृद्धको ज्यान