हत्याको सजाय भोगिरहेका कैदी मोटाएपछि रिहा !

रोम । इटलीमा प्रेमिकाको हत्याको आरोपमा ३० वर्षको जेल सजाय पाएका एक पुरुषलाई रिहा गरिएको छ । जेलमा कैदीहरुलाई दिइने खानेकुराले तौल घटाउने अवस्था नभएपछि डिमिट्री फ्रिकानो नामक गरेका ती पुरुषलाई रिहा गरिएको समाचारमा उल्लेख छ ।
सन् २०१७ मा डिमिट्री फ्रिकानो र उनकी प्रेमिका एरिका सार्दिनिया घुम्न गएको बेलामा दुई जनाबीच झगडा भयो । झगडाले ठूलै रुप लिएपछि उनले एरिकाको हत्या गरे । शुरुमा भने डिमिट्रीले लुटेराहरुले लुटपाटका क्रममा प्रेमिकालाई मारेको प्रहरीलाई बताएका थिए ।
अनुसन्धानका क्रममा उनले नै ५७ पटक चक्कु घोपेर प्रेमिकालाई मारेको थाहा भयो । झगडाको बिउ भने खाने बेलामा पाउरोटीको टुक्रा ओछ्यानभरि छरिनु थियो । २ वर्षपछि मुद्दाको पेशी शुरु भयो । तर कोरोना भाइरसको महामारीका कारण पेशीमा ढिलाई हुँदा सन् २०२२ मा मात्रै डिमिट्रीलाई ३० वर्षको जेल सजाय सुनाइयो । जेलमा उनी डरै लाग्ने गरी मोटाउँदै गए । जेलको खानाले उनको तौल घटाउनै नसकेपछि उनलाई यही जेलबाट रिहा गरियो ।
काराबासको सजाय पाएको बेलामा डिभिट्रीको तौल १२० केजी थियो । अर्को १२ महीनामा उनी मोटाएर २०० केजी पुगे । तौल यो स्तरमा पुग्नु भनेको मुटुको रोगको जोखिम उच्च हुनु हो । डिमिट्री मोटाएर यति भिमकाय भएका थिए कि वैशाखी वा ह्विलचेयरको साहायता बिना उनी जेलमा यताउति गर्न पनि सक्दैनथे । जेलमा लो क्यालोरी भएको भोजन असम्भव भएको अनि मोटोपना र जति बेला पनि चुरोट खाइरहने बानीका कारण मृत्युको जोखिम उच्च भएको भन्दै उनलाई जेलमुक्त गरिएको जनाइएको छ ।
डिमिट्रीको बाँकी कारावासको सजाय घरमै नजरबन्द रहेर पूरा गर्नेछन् । स्थितिमा सुधार आयो भने उनी जेलमा फर्किन पनि सक्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुडुचेरीका विधायकहरू अनुभव आदानप्रदानका लागि पोखरामा
-
हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवा विस्तार हुँदै
-
सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला देशभरको मौसम ?
-
क्यानाडा, मेक्सिको र चीनमाथि आयातकर लगाउने ट्रम्पको अडानले अमेरिकी शेयर बजार ‘ध्वस्त’
-
गणेशजीको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
माथिल्लो राहुघाट जलविद्युत आयोजनाको काम अन्तिम चरणमा