माल्दिभ्सबाट ७७ भारतीय सैनिकलाई फिर्ता पठाउने प्रयास सुरु

माले । माल्दिभ्सका एक वरिष्ठ अधिकारीले आइतबार माल्दिभ्समा ७७ भारतीय सैनिक रहेको र माल्दिभ्सको नयाँ सरकारले भारतसँग १०० भन्दा बढी सम्झौताको समीक्षा गरिरहेको बताएका छन् ।
यो बयान त्यसबेला आएको हो जब एक दिन अघि माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले भारतलाई आफ्नो सेना फिर्ता गर्न औपचारिक रुपमा आग्रह गरेका थिए । पत्रकार सम्मेलनमा मालदिभ्सको राष्ट्रपति कार्यालयका सार्वजनिक नीतिका उपसचिव मोहम्मद फिरोजुल अब्दुल खलिलले नयाँ सरकारले देशमा ७७ भारतीय सेना रहेको पत्ता लगाएको जानकारी दिए।
माल्दिभ्सका मिडियाले फिरोजुललाई उद्धृत गर्दै हेलिकप्टरको व्यवस्थापनमा २४ भारतीय सैनिक, डोर्नियर विमानको व्यवस्थापनमा २५ भारतीय सैनिक, दोस्रो हेलिकप्टरको मर्मतसम्भार र इन्जिनियरिङका लागि २६ भारतीय सैनिक रहेको र थप दुई जना भारतीय सैनिक माल्दिभ्समा रहेको उल्लेख गरेका छन् ।
सेप्टेम्बरमा भएको राष्ट्रपति चुनावमा विजयी भएका राष्ट्रपति मुइज्जुले माल्दिभ्सबाट सबै ७७ भारतीय सैनिकलाई बाहिर निकाल्ने प्रयास सुरु गरेको उनले बताए । माल्दिभ्स हिन्द महासागर क्षेत्रमा भारतका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयको पत्रविरुद्ध कानुनी उपचार खोज्छौँ: एनआरएनए
-
‘पाटन फेस्ट २०२५’ मा ४ चर्चित ब्यान्डले प्रस्तुति दिने
-
१७ दिनमै सकियो एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा ‘फ्लड लाइड’ जडान कार्य
-
बुटवलमा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त शिक्षाध्यक्ष लम्सालले लिए शपथ
-
आईसीसी नकआउट टुर्नामेन्टबाट आईसीसी च्याम्पियन्स ट्रफी