भारतको हारपछि मोदीले के भने ?
नयाँ दिल्ली । विश्वकप २०२३ मा भारतको पराजयपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै टोलीलाई हौसला दिएका छन् । उनले ट्विट गर्दै विश्वकपमा टिम इन्डियाको प्रतिभा र दृढ सङ्कल्प उल्लेखनीय रहेको बताएका हुन् ।
मोदीले लेखेका छन्, "तपाईंले ठूलो भावनाका साथ खेल्नुभयो र देशलाई गौरवान्वित गर्नुभयो। हामी आज पनि तपाईंको साथमा छौँ र भविष्यमा पनि तपाईंसँगै उभिनेछौँ।"
ट्राभिस हेड र म्यानर्स लाबुस्चेनको बलियो इनिङ्सको मद्दतले अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराउँदै छैटौँ पटक एकदिवसीय विश्वकपको उपाधि जितेको छ ।
अस्ट्रेलियाको इनिङ्सको सुरुवात भने राम्रो भएन । टोलीका तीन ब्याट्सम्यान ४७ रनमा मात्रै आउट भए पनि त्यसपछि ट्राभिस हेड र मार्नस लाबुस्चेनले चौथो विकेटका लागि शतकीय साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्याएका थिए ।
यसअघि विराट कोहली र केएल राहुलको अर्धशतकको मद्दतले भारतले अस्ट्रेलियालाई २०२३ को विश्वकप जित्न २४१ रनको लक्ष्य दिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्बाट अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता