रौतहटबाट ४ थान अत्याधुनिक हतियार बरामद

काठमाडौँ । रौतहटबाट सशस्त्र प्रहरीले ४ थान अत्याधुनिक हतियार बरामद गरेको छ । सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले यमुनामाइ नगरपालिका –३ स्थित एक घर बाट ४ थान हतियार बरामद गरेको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
घटनास्थलबाट ९–एमएम पेस्तोल ३ थान, १३ थान गोली, म्याग्जिन ६ वटा र १ थान एयर गन बरामद गरिएको छ । यमुनामाई नगरपालिमा हतियार लुकाएर राखेको सुराकको आधारमा सशस्त्र प्रहरीले आइतबार त्यहाँ खानतलासी गरेको हो ।
बरामद हतियार मध्ये २ थान पेस्तोलमा युएस मेड, र एक थानमा मेड इन इन्डिया उल्लेख गरिएको छ । घटनास्थलमा शेख एजाज अहमदको नाममा जारी भएको नागरिता भेटिएको छ । हतियार बरामद पछि स्थानियले ढुङ्गामुढा गर्दा प्रस्तावित सीमा सुरक्षा गुल्म गौर र सुरक्षा बेश देबाहिको गाडिको सिसा फुटेको छ ।
सो क्षेत्रमा सशस्त्रले थप अप्रेसन जारी राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन शाहद्वारा तीनकुने घटनाका पीडित परिवारलाई भेट, निष्पक्ष छानबिनको माग
-
वायु प्रदूषणका कारण उडानहरू प्रभावित
-
ट्रम्पको ट्यारिफको काउन्टर गर्न सक्छ नेपाल ?
-
प्रधानमन्त्री ओलीले आज मधेस प्रदेशसभालाई सम्बोधन गर्दै
-
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नाम फेरि परिवर्तन गर्न प्रस्ताव
-
पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार