सन्तोषको ‘बलिदान’मा भित्रिए सौगात

काठमाडौँ । सन्तोष सेनको निर्देशनमा बन्न लागेको फिल्म ‘बलिदान’को मुख्य भूमिकामा अभिनेता सौगात मल्ल रहने भएका छन् । निर्माण युनिटले सौगातसँग कागती सम्झौता गर्दै फिल्मको लागि अनुबन्धित गरेको हो । फिल्मका लागि यस अगाडि अर्पण थापा अनुबन्ध भइसकेका छन् ।
फिल्ममा सौगातले मधेसी चरित्र निर्वाह गर्ने छन् । तराई र पहाडको विषयवस्तुमा फिल्म निर्माण हुन लागेको निर्देशक सेनले बताए । आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मका निर्मातामा पवन ब्राडफोर्ड बिस्ट छन् भने कार्यकारी निर्मातामा चक्र बहादुर चन्द र प्रेम पुरी रहेका छन् ।
दर्शन जीको लेखन रहने फिल्मको ‘स्क्रिप्ट डक्टर’मा मनोज पण्डित छन् । फिल्मको प्रदर्शन मिति आगामी वर्षको दसैँको फूलपातीलाई घोषणा गरिएको छ । फिल्म छायांकन आगामी पुसदेखि गर्ने योजना निर्माण युनिटको छ ।
दोस्रो पटक ‘बलिदान’ शीर्षकमा फिल्म बन्न लागेको हो । वि.सं. २०५४ सालमा निर्देशक तुलसी घिमिरेले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई मुख्य भूमिकामा लिएर ‘बलिदान’ बनाएका थिए । यो फिल्म युवाहरूको सपना र बलिदानको कथामा आधारित थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाको प्रदर्शन : तीनकुनेको कमजोरी सुधार्दै प्रहरी, आवश्यक परे सिलसिलेवार बल प्रयोग गर्ने रणनीति
-
बालेन शाहद्वारा तीनकुने घटनाका पीडित परिवारलाई भेट, निष्पक्ष छानबिनको माग
-
वायु प्रदूषणका कारण उडानहरू प्रभावित
-
ट्रम्पको ट्यारिफको काउन्टर गर्न सक्छ नेपाल ?
-
प्रधानमन्त्री ओलीले आज मधेस प्रदेशसभालाई सम्बोधन गर्दै
-
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नाम फेरि परिवर्तन गर्न प्रस्ताव