बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

उद्योग वाणिज्य महासंघ प्रदेश १ को कार्यालय खुल्यो

बुधबार, २१ चैत २०७४, १६ : ४५
बुधबार, २१ चैत २०७४

मोरङ– नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को कार्यालय विराटनगरमा स्थापना गरिएको छ । उक्त कार्यलयको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष श्रीमति भवानी राणाले बुधबार उद्घाटन गरेकी हुन् ।
सो अवसरमा अध्यक्ष राणाले नेपाल उ्रद्योग वाणिज्य महासंघले देश संघीय संरचनामा गईसकेपछि सोहि अनुरुप सातै प्रदेशमा इकाइ गरेकोमा १ नं. प्रदेशले व्यवस्थित कार्यालय स्थापना गरेकोमा खुशी व्यक्त गर्दै अव प्रदेश उद्योग वाणिज्य महासंघ मार्फत काम कारवाही गरिने जानकारी दिइन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं विशिष्ठ सदस्य एवं सार्क चेम्वर अफ कमर्श एण्ड इण्डष्ट्र्जिका उपाध्यक्ष चण्डीराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष किशोर प्रधान, कोषाध्यक्ष  ज्ञानेन्द्रलाल प्रधान, केन्द्रिय सदस्य अविनाश बोहरा,हेमराज ढकाल, जयप्रसाद शिवाकोटी,  प्रकाश सिंह कार्की, सुदर्शन कार्की, सार्क चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्र्रिजका सदस्य देशबन्धु (अजित )बस्नेतको उपस्थिति थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप