फोटोफिचर
यस्तो देखियो हेटौँडामा छठ (तस्बिरहरू)
आइतबार, ०३ मङ्सिर २०८०, १७ : ०८

हेटौँडा । हेटौँडामा छठ पर्व मनाइएको छ । अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइएको हो । सूर्यको आराधना र उपासना गरी मनाइने छठ पर्वको हेटौँडामा रौनक छाएको छ ।
छठ पर्वको मूख्य दिन आज छठमा व्रत बसेका श्रद्धालुहरू हेटौँडा १ स्थित प्राप्ति रहेको पूजास्थलमा भेला भएका छन् । छठ पर्वको रौनक हेर्न भक्तजनहरूको समेत राप्ती तटमा भिड बढेको छ भने राप्ती तट भक्तजन र पूजा सामग्रीले भरिभराउ भएको छ ।
भक्तजनले छठको पूजाका लागि उखु, केरा, हल्दी, अदुवा, कागती, मुला, नरिवल, पान, सुपारी लगायतका विभिन्न फलफूल ल्याएका छन् ।
छठ पर्वको अवसरमा पूजास्थलमा हुने भिडलाई नियन्त्रण गर्न प्रहरी, स्काउट र स्वयं सेवकलाई खटाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?
-
कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृत