सोमवारदेखि सूर्य नेपाल गल्फ टुर

काठमाडौँ । सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ सोमवारदेखि गोकर्ण गल्फ कोर्समा सुरु हुने भएको छ ।
सूर्य नेपाल गल्फ टुर २०२३/०२४ को पहिलो प्रतियोगिताको रूपमा रहेको सूर्य नेपाल सेन्ट्रल ओपन सोमबारदेखि सुरु हुन लागेको हो । आयोजक नेपाल प्रोफेसनल गल्फर्स एशोसिएशनले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै यस सिजनको सूर्य नेपाल गल्फ टुरको शुरुवातबारे जानकारी दिएको हो । सूर्य नेपाल गल्फ टुर २०२३÷०२४ अन्तर्गत कुल आठ वटा प्रतियोगिता छन् । आगामी नोभेम्बर पहिलो प्रतियोगिता सुरु हुनेछ भने सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपबाट यस सिजनको टुर सम्पन्न हुनेछ ।
सिजनको पहिलो प्रतियोगिता सेन्ट्रल ओपन चार दिनसम्म सञ्चालन हुनेछ । कुल ७२ होलमा प्रतिस्पर्धा हुनेछन् । दुई चरण (३६ होल) को खेलपछि कट नियम लागू हुनेछ । शीर्ष २१ प्रोफेसन र ६ एमेच्योर गल्फर फाइनल (३६ होल) का लागि छनोट हुनेछन् । शीर्ष २१ भित्र अंक बराबरी भएका गल्फरले पनि फाइनलको यात्रा तय गर्ने प्रावधान छ । सिजनको पहिलो प्रतियोगितामा भुवन नगरकोटी, नीरज तामाङ, धन थापा, सञ्जय लामा र रवि खड्कालाई उपाधि दाबेदारका रूपमा हेरिएको छ ।
एमेच्योरतर्फ सद्भाव आचार्य उपाधि दाबेदार हुन् । यो प्रतियोगिताको विजेताले एक लाख ४५ हजार र उपविजेता ९४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो हुनेले भने ७० हजार रुपैयाँ पाउनेछ । एमेच्योर गल्फरले भने प्रो. को उपाधि जितेमा पुरस्कार भने पाउने छैनन् । उनीहरूले ट्रफीमा नै चित्त बुझाउनु पर्नेछ । यद्यपि, शीर्ष २१ प्रो गल्फरले भने नगद पुरस्कार पाउनेछन् । यस प्रतियोगिताबाट खेलाडीहरूले कुल आठ लाख ४० हजार रुपैयाँ पुरस्कार रकम पाउनेछन् ।
सिजनको आठ प्रतियोगिताबाट भने प्रो.गल्फरले कुल ६४ लाख ३६ हजार एक सय ५० रुपैँया पुरस्कार पाउने आयोजकले जनाएको छ । नेपाल प्रोफेसन गल्फर एशोसिएशनका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले अहिले १७औँ संस्करण चलिरहेको र यो आयोजनाले नेपालमा एमेच्योर र प्रो. गल्फरले राम्रो प्रतियोगिताहरू पाइरहेको बताए । यस टुरबाट नयाँ युवा गल्फर पनि आइरहेको उनको विश्वास छ । टुरको दोस्रो प्रतियोगिता भने आगामी डिसेम्बर २४ देखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु
-
धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा बिक्री गरिँदै थिए पाटपूर्जा
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई