दुई हप्तादेखि सुरुङमा फसेका ४१ कामदार मुक्त गर्न भारतको यस्तो तयारी

देहरादुन । भारतीय उद्धारकर्मीहरूले एउटा भत्किएको सुरुङमा फसेका ४१ कामदारलाई बाहिर निकाल्न ठाडो सुरुङ बनाउने विचार गरिरहेका छन् । फसेका कामदारलाई बाहिर निकाल्ने प्रयास दोस्रो हप्तामा पुगेको छ ।
एक्सक्याभेटरहरूले गत आइतबारदेखि उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङबाट माटो, कङ्क्रिट र भग्नावेशष निकालिरहेका छन् । निरन्तर खसेको भग्नावशेषका साथै महत्त्वपूर्ण भारी ड्रिलिङ मेसिन बारम्बार बिग्रँदा वायुसेनाले नयाँ उपकरणमा दुई पटक एयरलिफ्ट गर्नुपर्दा उद्धार प्रयास सुस्त भएको छ ।
अधिकारीहरूका अनुसार भग्नावशेषका बीच कर्कश आवाजले ‘आतङ्कको स्थिति’ उत्पन्न भएपछि शुक्रबार राति ड्रिलिङ बन्द गरिएको थियो । सरकारको राजमार्ग तथा पूर्वाधार निर्माण कम्पनी एनएचआइडिसिएलले भग्नावेश अझै खस्ने सम्भावनाका कारण उद्धार कार्य रोकिएको थियो ।
सुरुङमा फसेकाहरूसँग रेडियोमार्फत कुराकानी गर्ने आफन्तहरूका अनुसार अवस्था गम्भीर छ र उनीहरूले मनोबल कम भएको बताएका छन् । “उनीहरू रोइरहेका छन्, उनीहरूलाई बचाउनका लागि भइरहेका उद्धार प्रयासबारे हामीले झुट बोलिरहेको हो कि भनेर सोध्न थालेका छन्”, आफ्नो नाम उल्लेख नगरी एक आफन्तले शनिबार पत्रकारहरूलाई भने ।
इन्जिनियहरूले भग्नावेशको माध्यमबाट करिब ९० सेन्टिमिटर (करिब तीन फिट) चौडाइ भएको स्टिलको पाइप तेर्सोरूपमा चलाउने प्रयास गरिरहेका छन् । उद्धार कार्यमा संलग्न वरिष्ठ अधिकारी भाष्कर खुल्बेका अनुसार उद्धारकर्मीको टोलीले अहिले माथिबाट समेत पूरै नयाँ सुरुङ खन्ने विचार गरिरहेका छन् ।
“हामीले कामदारहरूलाई बचाउन सबै विकल्प खोजिरहेका छौँ, हामीसँग स्रोत, विकल्प र विधिको कुनै कमी छैन”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक