पाँच सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी इन्डोनेसिया पुगे– राष्ट्रसङ्घ
बिरेयुन । पाँच सयभन्दा बढी रोहिङ्ग्या शरणार्थीले भरिएको तीनवटा डुङ्गा आइतबार इन्डोनेसियाको सबैभन्दा पश्चिम प्रान्तमा आइपुगेको संयुक्त राष्ट्रसङ्घीय एजेन्सी (युएनएचसिआर) ले बताएको छ । सन् २०१७ मा म्यान्माद्वारा अल्पसङ्ख्यक रोहिङ्ग्या समूहमाथि सैन्य कारबाही सुरु गरेपछिको यो सबैभन्दा ठूलो आगमनमध्येको एक हो ।
अधिकांश मुस्लिम रोहिङ्ग्याले म्यान्मामा व्यापक उत्पीडनको सामना गर्नुपरेको छ र उनीहरू प्रत्येक वर्ष आफ्नो ज्यानलाई जोखिममा राखेर प्राय कमजोर डुङ्गामा मलेसिया वा इन्डोनेसियासम्म पुग्ने प्रयासमा लामो र महङ्गो समुद्री यात्रा गर्छन् । राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी संरक्षण सहयोगी फैसल रहमानले एउटा डुङ्गा आचे प्रान्तको बिरेयुन जिल्लामा दुई सय ५६ रोहिङ्ग्या लिएर आइपुगेको र अर्को कम्तीमा दुई सय ३९ बोकेर आचेको पिडी क्षेत्रमा आइपुगेको थियो । त्यस्तै ३६ जना बोकेको अर्को सानो डुङ्गा पूर्वी आचेमा आइपुगेको थियो ।
“उनीहरूलाई धेरै स्थानमा पाइएको छ”, उनले भने । बिरेयुन डुङ्गामा सवार दुई सय ५६ मध्ये एक सय १० महिला र ६० जना बालबालिका रहेको उनले बताए । रहमानका अनुसार त्यो त्यही डुङ्गा थियो जसलाई स्थानीय बासिन्दाहरूले समुद्रमा धकेलेका थिए । त्यसपछि उक्त डुङ्गा कयौँ दिनसम्म समुद्री तटमा अलपत्र परेको थियो ।
स्थानीय अधिकारीहरूका अनुसार पछिल्लो आगमनसँगै यो एउटै सातामा आठ सयभन्दा बढी शरणार्थी आचे प्रान्तमा आइसकेका छन् । मङ्गलबार एक सय ९६ र बुधबार एक सय ४७ शरणार्थी आएका थिए । युएनएचसिआरका अनुसार दुई हजारभन्दा धेरै रोहिङ्ग्याले सन् २०२२ मा दक्षिणपूर्वी एसियाली मुलुकहरूको जोखिमपूर्ण यात्राको प्रयास गरेका छन् । गत वर्ष खतरनाक समुद्र पार गर्ने प्रयासमा करिब दुई सय रोहिङ्ग्या मारिएको वा हराएको युएनएचसिआरले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा पेस हुने चलचित्र विधेयकमा के छ ?
-
शिक्षकहरूको आन्दोलन नरोकिए कक्षा १२ को परीक्षा रोकिने
-
२५ करोड प्रकरण : ट्रक चालक लामा पुर्पक्षका लागि कारागार चलान
-
कार्य सम्पादनलाई पारदर्शी बनाउन मन्त्री दाहालको निर्देशन
-
भीमा गुरुङ मृत्यु प्रकरण: एक वर्षपछि फैसला, १५ लाख क्षतिपूर्ति दिनुपर्ने
-
करिब २ सय ४४ किलोग्राम गाँजासहित बोलेरो चालक पक्राउ