छठको वैज्ञानिक तथा धार्मिक मान्यता
तराई मधेस क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक छठपर्व मनाइन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सक्खरको खीर पकाई प्रसादका रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई समेत खुवाउने चलन छ ।
चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासना गर्न पहिलो दिन नुहाएर चोखो भई खाइन्छ । दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत रूपमा यो पर्व सम्पन्न हुने गर्दछ । यो पर्वमा छठी माईको आराधना गरी पुत्र, पति र परिवारको कल्याणको र आरोग्यको कामना गर्ने गरिन्छ ।
यस पर्वमा यदाकदा मुस्लिम समुदायका व्यक्ति पनि सहभागी हुन्छन् । उक्त समुदायले पनि विधिवत रूपमा मनाउँछन् । पवित्र मनले छठपर्व मनाउँदा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।
परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गरिन्छ । भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ ।
अरुवा, सुठुनी, बेसार, भान्टा, नारिवल, उखु, तरकारी जस्ता कृषि उत्पादन नैवेद्यका रूपमा चढाउने गरिन्छ । छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसानाको चामल लगायतका खाद्य वस्तु प्रयोग गर्न निषेध गरिएको हुन्छ । छठ पर्व मनाउनुको पछाडि अनेक लोक एवं देव कथाहरू प्रचलित छन् । तर यो आलेखमा छठ पर्वको अलिक फरक पाटोबाट विश्लेषण गर्ने प्रयास गरिएको छ ।
एक रूपता
हिन्दु धर्ममा कुनै न कुनै प्रतिमा स्वरूपको आराधना गर्ने प्रचलन हुँदा आजकल कहीँ कतै छठीमाई भन्दै दुर्गा देवी झैँ स्त्री स्वरूपको देवीको कल्पना गरी मूर्ति बनाउने चलन छ । त्यस्तै कहीँ गङ्गादेवीको प्रतिमा त कहीँ सूर्य देवको स्वरूप बनाई पूजाअर्चना गर्ने चलन छ । वास्तवमा छठ पर्वमा कुन प्रतिमाको पूजा गर्ने त्यसमा एक रूपता भन्ने छैन ।
त्यसै गरी छठ पर्वको केही विषयहरू अत्यन्त उल्लेखनीय छ । जस्तै पञ्चतत्त्व सूर्य, जलाशय, स्थल–पृथ्वी, अग्नि, वायुको एकसाथ उपासना गर्नु, अरू पूजा वा अनुष्ठानमा पुरोहितको आवश्यकता हुन्छ । त्यस्तै छठमा पुरोहित वा कर्मकाण्ड नहुनु, स्थानीय समाज, वर्ण, जातिद्वारा उत्पादित वस्तु, कृषकद्वारा उत्पादित सात्विक अन्न, कन्दमूल फलफूल आदिको प्रयोग हुन्छ । पकवान एवं मिठाईमा पनि अरू पूजाआजामा प्रयोग हुने आधुनिक मिठाई होइन ठेकुवा, भुसवा जस्ता लोक पाकवान एवं मिठाईको प्रयोग हुनुले हामी के भन्न सक्छौँ भने यो पर्व सभ्यतापूर्वकै पर्व हो ।
सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रूपमा छठ मनाउने गरिन्छ । हरियो तरकारी र फलफूल छठ पूजाका लागि अनिवार्य जस्तै हो । विशेष गरी स्याउ, केरा, सुन्तला, पानीसहितको नरिवल, उखु, हरियो बोडी, गाँजर, मूला पातसहित, अदुवाको बोटलगायतका फलफूल र हरियो ताजा तरकारी छठी मातालाई प्रसादका रूपमा अर्पण गर्ने चलन छ ।
सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रूपमा छठ मनाउने गरिन्छ । हरियो तरकारी र फलफूल छठ पूजाका लागि अनिवार्य जस्तै हो । विशेष गरी स्याउ, केरा, सुन्तला, पानीसहितको नरिवल, उखु, हरियो बोडी, गाँजर, मूला पातसहित, अदुवाको बोटलगायतका फलफूल र हरियो ताजा तरकारी छठी मातालाई प्रसादका रूपमा अर्पण गर्ने चलन छ ।
मानिस जब ढुङ्गे युगबाट कृषि युगमा प्रवेश गर्दै थियो सम्भवतः त्यसबेला मानिस कि प्रकृतिको पूजा गर्थे कि त आफूलाई हराउनेलाई देवत्वका स्वरूप दिन बाध्य हुन्थे । यही युगमा समाज थोरै सङ्गठित हुन थालेको हुनु पर्दछ । मनिसलाई बाँच्नको निम्ति आवश्यक आन्नपात उब्जनीको निम्ति आवश्यक पञ्चतत्त्वलाई धन्यवाद दिनको निम्ति एकसाथ दिन, रात, सूर्य, चन्द्र, अग्नि, पृथ्वी, वायु र जलको समागम भएको बखत आफूले उब्जाएको अन्नबाली अखण्डित रूपमै पूजा सामग्रीका रूपमा प्रयोग गरी पूजाको लोकपरम्परा अगाडि बढेको देखिन्छ ।
उखु, मूला, गाँजर, अन्य कन्दमूल बोटसहित तथा केरा, सुन्तला, नरिवल, भोगटेलगायतका फलफूल खण्डित नगरीकन पूजा सामग्रीका रूपमा प्रायोग गरिन्छ । भुसुवा जस्तो मिठाइ काँचो अन्नबाट तयार पारिन्छ भने आवश्यक हुने कोनिया, दाउरा, सुप काँचो बाँसबाट स्थानीय डुम जातिका श्रमिकहरूद्वारा तयार परिन्छ ।
धागो, बाती जस्ता सामग्री पनि स्थानीय समाजमै खासगरी माली जातिका श्रमिक अथवा लहेरी जातिका मुस्लिमद्वारा तयार पारिएको हुन्छ ।
समाजमा वर्ण व्यवस्था प्राम्भिक अवस्थामै रहेको बखत यो पर्वमा व्यापकता पाइसकेको हुनु पर्दछ । तसर्थ लोकपूजा छठी–व्रत आदि पूजा हो र सभ्यता संस्कृतिको साथै धेरै जसो अन्न र खाद्य पदार्थको प्रचलन ठीक ढङ्गले नभएको अवस्थाको रहेको बुझिन्छ ।
धार्मिक मान्यता
मधेस, विहार या आसपासको क्षेत्रमै विशेष रूपले छठ किन मानिन्छ ? छठ पूजा सूर्यको उपासना मात्र हो त ? आर्यावर्तको इतिहासमा शैव, वैष्णव, शाक्त, गाणपात्य एव सौर्या सम्प्रदायका मानिसहरू पाउँछौँ । पछि तिनीहरूलाई नै हिन्दु भनिएको हो ।
साम्ब पुराण अनुसार यी उल्लेखित पाँच सम्प्रदायमध्ये सौर्य सम्प्रदाय प्राचीन र पहिलो हो । हालको इरानबाट आएको शाकलद्वीपी ब्राह्मण बिहारको मगध र भोजपुर इलाकामा र केही मात्रामा पूर्वीउत्तर प्रदेश र नेपालको तराई मधेशमा यिनीहरूको बसोबास रहेको छ । यिनीहरू सूर्यका उपासक थिए, सौर्य सम्प्रदायका थिए । पछि पटना राजधानी भएको मगध साम्राज्यका राजा पनि सौर्य सम्प्रदायका नै थिए ।
वैज्ञानिक मान्यता
सूर्यलाई भौतिक ऊर्जा, प्रकाश, आरोग्य, उपासना, आत्मोत्कर्ष, चतुष्पद फल, मोक्ष प्राप्ति, आयु, प्राण, आत्मोन्नति, ब्रह्मचर्य तथा श्रद्धाको उदीयमान प्रतीक मानिन्छ । सूर्य जगत्को आदि कारण भएकाले आदित्य, ऊर्जा–शक्ति उत्पत्ति गर्ने स्रोतका रूपमा चिनिन्छ । सौर्य–शक्तिलाई जन्म दिने जननीको प्रतीक पनि मानिन्छ । जीवन, जगत्, प्रकृति, वनस्पति, ग्रह नक्षत्र, संवतसर, समय, काल सबैका कार्यकारक सूर्य नै हुन् । सूर्य चिकित्सा पद्धति नै छ । जसमा चर्मरोग मात्र नभई अन्य रोगको निदान हुन्छ । चर्मरोगका विभिन्न प्रकारमध्ये कुष्टरोग (ल्याप्रोसी), रातो धब्बासहितको छालारोग (सोरियासिस) र सेतो दाग (ल्युकोडर्मा) हुन् । यी चर्मरोग छठको बेला अर्थात् सूर्यको रातो किरण समान रूपमा पर्ने समयमा स्नान गर्दा निको हुने विश्वास छ ।
सूर्यको आराधना बौद्ध धर्मसँग पनि सम्बन्धित छ । सूर्य, बौद्ध र हिन्दु परम्पराहरूमा पनि पाइन्छ । त्यसैले मगध साम्राज्यभित्र या भनौ बारह जनपद रहेको मधेश गणराज्यभित्र असङ्ख्य सूर्य मन्दिरहरूको शृङ्खला पाइन्छ ।
सूर्यमा हाइड्रोजन, हिलियम, आइरन, निकेल, अक्सिजन, सिलिकन, सल्फर, म्याग्नेसियम, कार्बन, नियोन, क्याल्सियम, क्रोमियमलगायतका तत्त्व हुन्छन् । त्यसबाट सात रङ्गको किरण उत्पन्न हुन्छ । ती किरण शारीरिक उपचार र जीव विकास क्रमको प्रमुख द्योतक हुन् । सूर्य चिकित्साको सिद्धान्तअनुसार रोगोत्पत्तिका कारण शरीरमा रहेका विभिन्न रङहरूको उतार चढाव हो । सो चिकित्साअनुसार रङहरूको शरीरमा विभिन्न कार्य छन् ।
त्यही बढी कमी भएपछि विभिन्न रोगहरू लाग्ने गर्छ । उदाहरणका लागि रातो रङ्ग उत्तेजना र नीलो रङ्गले शक्ति उत्पन्न गर्छ । सूर्यको किरणमा रहेका सात रङ्ग अर्थात् पराबैजनीले विभिन्न रोगको किटाणुलाई नष्ट पारी स्वस्थ्य जीवन प्रदान गर्छ । वैज्ञानिक तथ्यअनुसार सूर्योदय वा सूर्यास्तको समयको रातो किरणले हृदय रोग निको पार्छ । त्यो समयमा पृथ्वीमा सामान रूपले किरण परेको बेला स्नान गर्दा चर्मरोगमा रहेका ब्यक्टेरिया नष्ट पारी निको बनाउँछ ।
जन्मिने अधिकांश बच्चा पिलियो रोगबाट ग्रसित हुन्छन् । त्यसको उपचार स्वरूप सूर्योदयको बेला पर्ने किरण शरीरमा पर्ने गरी सुताउने गरिन्छ । जसले अल्ट्रा भायलेट किरण शरीरमा पर्दा पिगमेन्ट सेल्स पर रासायनिक प्रतिक्रिया प्रारम्भ भी पिलिया समाप्त पार्छ । डाक्टरहरूले पनि जन्मिने बेलामा कृत्रिम अल्ट्राभायलेट किरणयुक्त ल्याम्पमा बालेर राख्ने गर्छन् । त्यसको अर्को उदाहरण हो शिशुलाई बिहानीपख तेल लगाएर सूर्योदयको बेला सूर्य किरण पर्ने गरी सुताउनु । यो प्रक्रियाले शिशुको छाला र हाड बलियो हुन्छ ।
यी वैज्ञानिक कुरा भए तर सूर्यलाई वैदिककालमा एउटा प्रमुख देवता मानिन्छ । प्रथम वेद ऋग्वेदमा सूर्यलाई सबै देवताको स्रोत मानिएको छ । विश्वका सबै जीवजन्तु र वनस्पति सूर्यकै तापबाट बाँचेका छन् । अथर्व वेदमा त सूर्यलाई ब्रह्माका रूपमा मानिएको छ । छठ पर्वमा सूर्यको पूजा, उपासना गर्नुका साथै उसैको कृपाबाट उत्पादन गर्न सफल कृषि सामग्री र मानवका पनि बच्चा हुनुमा उसैको कृपा रहेको हुँदा ‘मैया’ भनिएको हो ।
छठलाई स्त्रीलिङ्गी रूपमा सम्बोधन गरिए पनि यस पर्वमा सूर्यको पूजा, आराधना र उपासना गरिन्छ । पौराणिक मान्यताअनुसार सूर्यदेव (लोकभाषामा दिनानाथ) उपासना नै छठको मौलिकता हो ।
यहीँनेर उल्लेख गर्नुपर्ने अर्को महत्त्वपूर्ण विषय के हो भने सूर्यको आराधना बौद्ध धर्मसँग पनि सम्बन्धित छ । सूर्य, बौद्ध र हिन्दु परम्पराहरूमा पनि पाइन्छ । त्यसैले मगध साम्राज्यभित्र या भनौ बारह जनपद रहेको मधेश गणराज्यभित्र असङ्ख्य सूर्य मन्दिरहरूको शृङ्खला पाइन्छ । त्यसैले सूर्य उपासनासँग सम्बन्धित पर्व छठ पर्व भारतको बिहार, झारखण्ड, पूर्वी, उत्तर प्रदेश र नेपालको मधेश क्षेत्रमा परम्परागत रूपमा प्रचलित रहेको छ । अर्को महत्त्वपूर्ण कुरा भनेको छठ पर्व भनेको केवल सूर्यको मात्र उपासना होइन, त्यसो भएको भए कर्मकांडी विधिले पुरोहितद्वारा सूर्यो पासना गरिन्थियो तर छठ त लोकाचारको रूपमा मनाईने पर्व हो । यस पर्वमा एकैसाथ सूर्य–चन्द्रमा, आगो–पानी, पृथ्वी–वायुको आराधना एव उपासना गरिन्छ अर्थात् शक्तिको इनर्जीको उपासना गरिन्छ ।
त्यसैले कहीँ सूर्य देवताको त कहीँ गङ्गा मैया त कहीँ छठीमैयाको प्रतिमा बनाई पूजा गरिएको हो । वास्तवमा छठ पूजा भनेको मूर्ति पूजा वा कुनै आकृतिको पूजा होइन । सूर्य ऊर्जाको विम्ब, जलको स्वछान्दताको लहर, प्राण–वायुको वेग, अग्नि देवताको तेज र धर्तीमाताको ममताको एकसाथ पजूा, उपासना एव आराधना हो । छठीमाई भनेको पनि यी सम्पूर्ण विम्ब, लहर, वेग, तेज र ममताको समागम स्वरूप तथा प्रतिविम्ब हो ।
प्राचीन मधेश र मगध क्षेत्रमा बालबालिका जन्मेको छैठौँ दिनमा प्रत्येक सुत्केरी आमाले अनिवार्य रूपमा छठियार पुज्ने गर्छिन् । लोक विश्वास के छ भने छठीमैयाले बालकको भाग्य–भविष्य त्यसै दिन लेख्ने गर्छिन् । अर्को नवजात शिशु, शिशु अवस्थामा निदाएपछि, निन्द्रावस्थामा यिनै छठीमैयाको न्यानो काँखमा हुने गर्दछन् र यी मैयाले शिशुको माया–दुलार गरी हर्ष–आनन्द प्रदान गर्ने गर्छिन् भन्ने मान्यता छ ।
सूर्यलाई भौतिक ऊर्जा, प्रकाश, आरोग्य, उपासना, आत्मोत्कर्ष, चतुष्पद फल, मोक्ष प्राप्ति, आयु, प्राण, आत्मोन्नति, ब्रह्मचर्य तथा श्रद्धाको उदीयमान प्रतीक मानिन्छ । सौर्य–शक्तिलाई जन्म दिने जननीको प्रतीक पनि मानिन्छ । जीवन, जगत्, प्रकृति, वनस्पति, ग्रह नक्षत्र, संवतसर, समय, काल सबैका कार्यकारक सूर्य नै हो । धर्ती हामी सबैको माता हो । ममता, सहनशीलता एवं जीवनको प्रीतक हो । अग्नि ऊर्जाको स्रोत हो भने वायु प्राण हो । जल जीवन हो, त्यसैले छठीमाईको उपासना भनेको आदित्य, जीवन, ऊर्जा–शक्ति उत्पत्ति गर्ने आमाका रूपमा सम्पूर्ण उपासना गर्नु हो । छठीमाई भनेको प्रकृति देवी हुन्, छठ पर्व भनेको किसानहरूको पर्व हो ।
हिन्दुहरूले मनाउने हरेक पर्वमा स्थान अनुसार अलग अलग प्रचलन छ । कतिपय पर्वको त परिवारपिच्छे आराधनाका अलग अलग तौरतरिका छन् । तर छठको पूजासामग्री, अर्घ दिने समय तथा स्थल (खुला अकाशमुनि जल थल) र पूजा विधिमा खासै भिन्नता देखिँदैन । पुरोहित चाहिँदैन, कुनै खास भाषामा मन्त्रजाप गरिँदैन । जातीय विभेद छुवाछूतको मान्यता छैन ।
कृषिउपजबाहेक अन्य वस्तु पूजा सामग्रीको रूपमा प्रायः प्रयोग गरिँदैन अर्थात् मानिस कृषि युगमा प्रवेश गरेपछि प्रारम्भ गरिएको पर्व हो । यो पर्व निश्चित भूगोलमा परम्परादेखि मनाइँदै गरिएको हुँदा ती भूगोलका ती मानव प्रथम बासी अर्थात् आदिवासी हुन् । हामी कोरानाबाट भर्खरै गुजरेका छौ । सुर्य अस्त र सुर्योदयको बखत सम्पूर्ण किरण जिउमा पर्ने गरी गरिएको स्नानले कोराना जस्ता थुप्रै किटाणु, भाइरस र ब्याक्टेरियासँग जित्न सक्ने कुरा वैज्ञानिकहरूले बताइसकेका छन् ।
समाजका हरेक तप्का कुनै न कुनै रूपमा सम्मिलित रहेको यो पर्वका रूपमा अन्त्यमा यति भन्न सकिन्छ कि छठ पर्व समाजिक समरसता र उदारताको ठूलो प्रतीक पर्व हो र सायद यही यसको लोकप्रियताको कारण पनि हो । यस्तो साझा संस्कृतिका रूपमा व्यापकता ग्रहण गर्दै गइरहेको छठ महापर्वको सरकारले राष्ट्रिय बिदासम्म घोषणा गर्न नसक्नु भनेकै एकल जातीय नश्लवादतिर उन्मुख हुनु हो ।
–लेखक मेहता लोसपाका उपमहासचिव हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन
-
रवि, दुर्गा र कुलमानप्रति ओलीको कटाक्ष : भ्रष्टाचार र ठगी सह्य छैन
-
कांग्रेसको १५ बुँदे आन्तरिक सर्कुलर : एमालेलाई नबिच्क्याउने, गालीगलौज नगर्ने
-
विश्वकी सबैभन्दा अग्ली र सबैभन्दा होची महिला चियाका लागि भेटेपछि...
-
भारतविरुद्ध अस्ट्रेलियन ब्याट्सम्यानको प्रदर्शन झनै निराशाजनक
-
सार्वभौम निकायले देखाएको नेपाली अर्थतन्त्रको ‘डाइग्नोसिस रिपोर्ट’