७२ औँ मिस युनिभर्स बनिन् निकारागुआकी सेनिस
आइतबार, ०३ मङ्सिर २०८०, १२ : १३

काठमाडौंँ । ७२ औँ मिस युनिभर्सको उपाधि दक्षिण अमेरिकी मुलुक निकारागुआकी सेनिस पलासियोसले जितेकी छन् । २३ वर्षिया पलासियोस पेसाले टेलिभिजन होस्ट समेत हुन् । आमसञ्चारमा स्नातक उत्तीर्ण गरेकी छन् ।
निकारागुआका लागि मिस युनिभर्स टाइटल हात परेको यो पहिलो हो । प्रतियोगितामा थाइल्यान्डकी एन्टोनिया पोर्सिल्ड फस्ट रनर–अप र अष्ट्रेलियाकी मोरया विल्सन सेकेण्ड रनरअप घोषित भए ।
एल–साल्भाडोरमा आयोजित फिनालेमा ९० भन्दा बढी मुलुकका सुन्दरीहरूको प्रतिस्पर्धा रहेको थियो ।
प्रतियोगितामा नेपाली सहभागी दीपिका गारेट अन्तिम २० सम्म पुग्न सफल भएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
सुनसरी गोली प्रहार घटनामा संलग्न तीन जना पक्राउ
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान