गैँडा मारेको घटना छानविन गर्न माग
चितवन । नेपाली कांग्रेस चितवनले हालै चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुर्लभ एकसिङ्गे गैँडा मारेको घटनाको छानविन गर्न माग गरेको छ । दुई पोथी गैँडा मारिएको घटनाले पार्टीलाई गम्भीर बनाएको कांग्रेस चितवनले जनाएको छ ।
“गैँडा मारेको घटनाको उच्चस्तरीय छानबिन गरी दोषीउपर कानुनबमोजिम कारबाही गर्न र निकुञ्ज क्षेत्रको सम्पूर्ण सुरक्षाको वातावरण तयार गर्न गम्भीर ध्यानाकर्षण गराउँदछौँ”, कांग्रेस जिल्ला सभापति राजेश्वर खनालद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । गैँडा तस्करले दसैँ तिहारको बीचमा तस्करी गर्नु अत्यन्तै शङ्कास्पद घटनाको रूपमा लिएको विज्ञप्तिमा भनिएको छ ।
“योजनाबद्ध रूपबाट गल, गैची र कोदालोजस्ता घरेलु हरियारको प्रयोग गरी खाडल बनाई गैँडालाई धरापमा पारिएको घटना नियोजितपूर्ण छ”, विज्ञप्तिमा उल्लेख छ ।
दुर्लभ एक सिङ्गे गैँडाको प्रमुख वासस्थानको रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा घटेको यस प्रकारको घटनाले राष्ट्रिय निकुञ्ज र निकुञ्जभित्र रहेका वन्यजन्तुको सुरक्षा र निकुञ्जको सुरक्षाको जिम्मा लिएको प्रशासनमाथि नै प्रश्न चिह्न खडा भएको विज्ञप्तिमा उल्लेख छ । सशस्त्र द्वन्द्वकालमा भएका गैँडा तस्करीको घटनालाई बिर्साउने गरी भएको पछिल्लो घटनाले पर्यावरण तथा प्रजाती संरक्षणमा समेत विश्वसामु नेपालको साख धमिलो भएको विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतहन्याहू ट्रम्पको पहिलो पाहुना, ह्वाइट हाउसमा गम्भीर भेटवार्ता
-
नारायणको बार आज कसलाई कस्तो लाभ ? हेरौँ राशिफल
-
एटलान्टालाई हराउँदै बोलोग्ना कोपा इटालियाको सेमिफाइनलमा
-
अमेरिकी डलरको भाउ घट्यो, विदेशी मुद्रा अन्यको मूल्य कति ?
-
एटलेटिको मड्रिड कोपा डेल रे’को सेमिफाइनलमा
-
भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो