सांसद लक्ष्मण किशोर चौधरीको उपचारमा आर्थिक समस्या

धनगढी । फोक्सोमा सङ्क्रमण भई काठमाडौँमा उपचाररत सुदूरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीको उपचारमा समस्या भएको छ ।
काठमाडौँको सिनामंगलस्थित केएमसी टिचिङ अस्पतालमा उपचाररत चौधरीको उपचारमा आर्थिक समस्या भएको परिवारजनले बताएका छन् ।
प्रदेश सभा सदस्य चौधरीकी पत्नी सरस्वती चौधरीले भनिन्, ‘उपचार जारी छ । केही दिनदेखि आइसियुमा उपचार भइरहेको छ । औषधी जारी छ । ल्याएको पैसा सकायौ । आर्थिक समस्याले सताउन थालेको छ ।’
प्रदेश सभा सदस्य चौधरीकी धर्मपत्नी सरस्वती चौधरीले प्रदेश सभा सदस्य चौधरीको नियमित स्वास्थ्य जाँचको क्रममा कार्तिक अन्तिम साता भक्तपुरको सल्लाघारीस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्र पुगेका थिए । त्यसै क्रममा अचानक स्वास्थ्य समस्या देखिएपछि उनलाई केएमसी टिचिङ अस्पताल रेफर गरिएको थियो ।
फोक्सोमा जटिल समस्या देखिएपछि उनलाई आइसियुमा राखेर उपचार थालिएको हो । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
सुनसरी गोली प्रहार घटनामा संलग्न तीन जना पक्राउ
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान