आईसीसी एकदिवसीय विश्वकप
विश्वकपको फाइनल हेर्न प्रधानमन्त्री मोदी र अस्ट्रेलियाका उपप्रधानमन्त्री अहमदाबाद जाने
शनिबार, ०२ मङ्सिर २०८०, ०६ : ४४

अहमदाबाद । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाका उपप्रधानमन्त्री रिचर्ड मार्ल्स आइतबार हुने विश्वकपको फाइनलको मजा लिन अहमदाबाद पुग्ने भएका छन् । एएनआईले गुजरातको मुख्यमन्त्रीको कार्यालयलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । मुख्यमन्त्रीले सुरक्षा व्यवस्थाको बारेमा जानकारी लिएको बताइएको छ ।
यो खेल विश्वको सबैभन्दा ठूलो स्टेडियम नरेन्द्र मोदी स्टेडियममा हुनेछ । भारत विश्वकपमा अहिलेसम्म अपराजित रहेको छ भने अस्ट्रेलियाले पहिलो दुई खेलमा हार बेहोरेपछि अन्तिम आठ खेलमा हार बेहोरेको छैन । यस्तो अवस्थामा आइतबारको खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंलाई स्कार्पियो चढाएर भारतबाट ल्याइएको थियो नेपाल
-
नार्क र भारतीय कृषि प्रतिनिधिमण्डलबिच छलफल
-
दुर्गा प्रसाईंका अंगरक्षक पनि पक्राउ
-
धितोपत्र बोर्डको संरचना परिवर्तन गर्न आयोगको सुझाव
-
व्यापार युद्धको भय : विश्व बजारमा सुनको भाउ अहिलेसम्मकै बढी
-
वनस्पति क्षेत्रको थप विकास र व्यवस्थापन गर्न जरुरी छ : वनमन्त्री ठकुरी