साबिक विजेता इटाली युरो कपमा छनोट हुने सम्भावना बलियो

काठमाडौँ । साबिक विजेता इटालीले नर्थ म्यासेडोनियालाई हराउँदै युरो २०२४ मा छनोट हुने सम्भावना बलियो बनाएको छ । शुक्रबार राति भएको खेलमा इटाली ५–२ गोलले विजयी बनेको हो ।
खेलको १७ औँ मिनेटमा माटेयो डार्मियानले गोल गर्दै इटालीलाई अग्रता दिलाए । ४० औँ मिनेटमा मिनेटमा जोर्गिन्हो पेनाल्टीबाट चुके पनि पहिलो हाफको अन्त्यमा फेडेरिको चिएसाले दुई गोल थप्दै टोलीको अग्रता फराकिलो बनाए ।
दोस्रो हाफमा जानी आटानासोभले म्यासेडोनियाका लागि दुई गोल फर्काएका थिए । तर, जियाकोमो रास्पाडोरी र स्टेफन अल सारावेले एक–एक गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।
जीतपछि इटाली समूह सीमा यसअघि नै छनोट भइसकेको इंग्ल्याण्डपछि दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा रहेको युक्रेनको पनि समान १३ अङ्क रहे पनि इटालीको गोल अन्तर राम्रो रहेको छ । अब सोमबार इटालीले युक्रेनलाई बराबरीमा मात्र रोके पनि जर्मनीमा हुने प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनमत–नागरिक उन्मुक्ति एकता : मतदाता परिचय पत्रसहित बैठकमा उपस्थित हुन जनमतको आग्रह
-
सरकार र आन्दोलनरत शिक्षकबिच वार्ता : छलफललाई निरन्तरता दिने सहमति
-
नेपालमा कति छन् विद्यालय ?
-
प्रधानमन्त्री ओली लुम्बिनीमा
-
मनमोहन अधिकारीले ल्याएको कार्यक्रमको जस अहिले पनि एमालेले पाइरहेको छ : पूर्वराष्ट्रपति भण्डारी
-
सत्ताइस वर्षअघि ‘ट्याक’ खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी