संघीय संसद् एकले अर्कालाई गाली गर्ने थलोमा परिणत भयो : सांसद भण्डारी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले संघीय संसद् एकले अर्कोलाई गाली गर्ने थलोमा परिणत भएको टिप्पणी गरेका छन् ।
शुक्रबारबाट रुपन्देहीमा सुरु भएको तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवर्द्धन महोत्सव–२०८० को उद्घाटन समारोहमा बोल्दै उनले संघीय संसद् गाली गर्ने ठाउँमा परिणत हुँदा ऐन, कानुनहरु बनाउने कामले पूर्णता पाउन नसकेको तर्क गरे ।
सांसद भण्डारीले मुलुकमा लुटतन्त्र र अराजकता बढ्दै गएको उल्लेख गर्दै यसलाई धेरै दिन रहन नदिने चेतावनी समेत दिए । वरिपरि जनतालाई गरिबी बनाएर, लिलामीमा राखेर बिचको ठूलो घर सुरक्षित हुनै नसक्ने उल्लेख गर्दै उनले विगतमा जे भएपनि अब अराजकता मुलुकमा धेरै दिन रहन नदिने बताए ।
सांसद भण्डारीले स्थानीय तह राम्रो भएपनि काम गर्नका लागि बजेटको अभाव रहेको पनि बताए ।
सांसद भण्डारीले व्यापारी, उद्योगपतिहरु र किसानहरु मुलुकमा सबैभन्दा बढी मारमा परेकाले उनीहरुलाई साथ दिएर अघि बढ्नुको विकल्प नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फाइनलअघि म्याट हेनरीको चोटले न्युजिल्यान्डलाई चिन्ता
-
आलेमगरको टिप्पणी : एउटा अध्यादेशको निधन भएछ !
-
‘बोक्सी’का नाममा हुँदै आएको अत्याचार अझै रोकिएन
-
बंगलादेशका अनुभवी खेलाडी मुस्फिकर रहिमद्वारा एकदिवसीयबाट संन्यासको घोषणा
-
राष्ट्रियसभामा भूमि अध्यादेशको खोजी, सांसदले भने– कता हरायो ?
-
६ जिल्लाका सीडीओ परिवर्तन, को कहाँ पुगे ?