काठमाडौँ । छठ पर्वका लागि गौरीघाट परिसर सजाइएको छ । छठ पर्व सुरु भएसँगै झिलिमिली बत्तीले गौरीघाट परिसरलाई सजाइएको हो ।
यस्तै टेन्ट र पण्डालले पनि गौरीघाटलाई विशेष रूपले सजाइएको छ । शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको छठ पर्व कात्तिक शुक्ल सप्तमीका दिन अस्ताउँदो सूर्यलाई अर्घ दान दिएपछि सम्पन्न हुनेछ । चार दिनसम्म मनाइने छठको पहिलो दिन शुक्रबार शुक्ल चतुर्थीका दिन नुहाई धुवाई गरेर अरबा अरबाईन गरिएको छ ।
प्रतिक्रिया