नेपाल वायुसेवा निगमलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मान

काठमाडौँ । नेपाल वायुसेवा निगमलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मानबाट सम्मानित गरिएको छ । भारतमा ट्राभल टुरिजम क्षेत्रमा लामो समय देखि टुरिजम ब्राण्डिङ्ग तथा प्रचार प्रसार गर्दे आएको मुसाफिर मिडिया हबले भारतमा उडान भर्ने एयरलाइन्सहरूमध्ये सन् २०२३ को लागि नेपाल वायुसेवा निगमलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मानको लागि छनोट गरेको हो ।
१६ नोभेम्बर, २०२३ मा दिल्लीमा आयोजित एक कार्यक्रममा उक्त सम्मान घोषणा गरिएको थियो । यस सम्बन्धमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सम्मान प्राप्त हुँदा खुसी लागेको र अझै जिम्मेवारीपूर्वक काम गर्न प्रेरणा मिलेको कुरा व्यक्त गरे ।
निगमले हाल अन्तर्राष्ट्रियतर्फ चार वटा जहाजबाट दिल्ली, मुम्बई, बैंग्लोर, दुवई, दोहा, दमाम, बैंकक, हङ्गकङ्ग, मलेसिया, जापान लगाएत दश गन्तव्यमा उडान भरिरहेको छ । त्यसैगरी आन्तरिक तर्फ दुइवटा ट्विनअटर जहाजबाट ताप्लेजुङ, इलाम, भोजपुर, फाप्लु, थाम खर्क, खानीडाँडा, रुकुम, नेपालगन्ज, हुम्ला, जुम्ला, डोल्पा, बाजुरा ताल्चा, दाङ, रेसुङ्गा लगायत १५ गन्तव्यमा उडान भरिरहेको छ ।
दसैँ तिहारजस्ता चाडबाडमा यात्रुको चाप र आवश्यकतालाई हेरी निगमले एउटा जहाज नेपालगन्जमा राखी त्यहाँबाट रुकुम, हुम्ला, जुम्ला, डोल्पा, बाजुरा ताल्चा जस्ता दुर्गम क्षेत्रका यात्रुलाई सेवा दिइरहेको निगमका प्रवक्ता रमेश पौडेलले बताए ।
निगमको सेवा तथा गुणस्तर अन्तर्राष्ट्रिय स्तरको भएको र यसको वृद्धिमा लगातार प्रयास भइरहेको कुरा यस्ता अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कार प्राप्त हुनुले पुष्टि गरेको निगमका प्रवक्ता रमेश पौडेल बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल