अस्कलका क्याम्पस प्रमुखलाई आक्रमण गर्ने विद्यार्थी नेता धरौटीमा रिहा
शुक्रबार, ०१ मङ्सिर २०८०, १३ : ४४

काठमाडौँ । अमृत साइन्स क्याम्पस (अस्कल) का क्याम्पस प्रमुखलाई आक्रमण गर्ने विद्यार्थी नेता धरौटीमा रिहा भएका छन् । लैनचौरस्थित अमृत साइन्स क्याम्पसका प्रमुख डा.लोकबहादुर बराललाई आक्रमण गरेको आरोपमा प्रहरीले कमलराज जोशीलाई पक्राउ गरेको थियो ।
२६ वर्षीय जोशीलाई टोखाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए । नेकपा एमाले निकट अनेरास्ववियुमा आवद्ध जोशीलाई घटना भएको करिब ३ महिनापछि प्रहरीले पक्राउ गरेको हो ।
पक्राउपछि उनलाई अभियोगपत्रसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइएको थियो । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले उनलाई धरौटीमा रिहा गर्ने आदेश गरेका हुन् । बझाङ घर भएका जोशी क्याम्पसको स्ववियु सभापतिमा पराजित उम्मेद्वार हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रभु साहले मागे प्रधानमन्त्री ओलीको राजीनामा
-
गणतन्त्रवादीको संयमता : समाजवादी मोर्चाको विरोधसभा शन्तिपूर्ण
-
दुर्गा प्रसाईं फरार
-
पूर्वराजा समर्थक स्वागत नेपालसहित थप ३ जना पक्राउ
-
मन्त्रिपरिषद् बैठक : शुक्रवारको घटनाको सत्यतथ्य छानविन गर्न गृह मन्त्रालयलाई निर्देशन
-
Breaking News : नवराज सुवेदी घरमै नजरबन्द