समाचार
हेटौंडामा सालनालसहितको शिशु फेला
बिहीबार, ३० कात्तिक २०८०, १९ : ४१

हेटौंडा । मकवानपुरको हुप्र चौरमा साल नालसहितको शिशु फेला परेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा सालनालसहितको शिशु (छोरी) फेला परेको हो ।
बिहीबार साँझ हेटौंडा ४ हुप्रचौरस्थित प्रदेश लोकसेवा आयोग नजिक बाटो छेउको झाडीमा सालनालसहितको शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
स्थानीयले बच्चा रोयको आवाज सुनेर हेर्दा भर्खरै जन्मेको साल नालसहितको शिशु फेलापरेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । शिशुलाई हेटौंडा अस्पतालको जिम्मा लगाइएको उनले बताए ।
उनका अनुसार शिशुको उद्धार गरी हेटौंडा अस्पताल पठाएको र जन्मदिएर झाडीमा शिशु छोड्ने आमाको खोजीका लागि अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन महिला मोटर र्याली तथा नेपाल अटो जिमखान सम्पन्न
-
स्वस्थ हावा स्वस्थ शरीर
-
बल्खु चोकमा भेला हुन थाले राप्रपाका नेता कार्यकर्ता, तस्बिरहरू
-
दीनानाथ शर्माको नेतृत्वमा माओवादी टोली चीन जाँदै
-
ज्ञानेन्द्र शाहको ह्याट्रिक गर्ने रहर
-
तीनकुनेको साइडइफेक्ट बल्खुमा : सुरक्षाकर्मीको उपस्थिति बाक्लो, तस्बिरहरू