स्टार्क र हेजलवुडको घातक बलिङ, अस्ट्रेलियासामु २ सय १३ रनको लक्ष्य

कोलकाता । तीव्र गतिका बलरद्वय मिचेल स्टार्क र जोस हेजलवुडको घातक बलिङको मद्दतले अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई आईसीसी एकदिवसीय विश्वकपको दोस्रो सेमिफाइनलमा २ सय १२ रनमा सीमित गर्न सफल भएको छ । इडेन गार्डेन्समा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९.४ ओभरमा सबै विकेट गुमाएर सो रन बनाएको हो ।
दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले सर्वाधिक १ सय १ रन बनाए । अस्ट्रेलियाका कप्तान प्याट कमिन्सको बलमा आउट हुनअघि उनले ११६ बलमा ८ चौका र ५ छक्का हिर्काए । उनलाई हेनरिच क्लासनले ४८ बलमा ४७ रन बनाउँदै राम्रो साथ दिए । टोलीका अन्य ब्याट्सम्यानले भने खासै ठुलो योगदान दिन सकेनन् ।
खेलमा दक्षिण अफ्रिकाले निकै खराब सुरुवात गरेको थियो । स्टार्क र हेजलवुडसामु शीर्ष क्रमका ब्याट्सम्यान निरीह बनेका थिए । दक्षिण अफ्रिकाले १२ औँ ओभरमा मात्र २४ रन बनाउन सकेको थियो भने यस क्रममा चार विकेट गुमाइसकेको थियो ।
अस्ट्रेलियाका लागि मिचेल स्टार्कले १० ओभरमा १ मेडन राख्दै मात्र ३४ रन खर्चेर ३ विकेट लिए । कप्तान कमिन्सले पनि ९.४ ओभरमा ५१ रन खर्चिएर ३ विकेट लिए । जोस हेजलवुडले किफायती बलिङ गर्दै ८ ओभरमा ३ मेडन राख्दै मात्र १२ रन खर्चेर २ विकेट लिए । त्यस्तै, ट्राभिस हेडले पनि २ विकेट लिए ।
आजको विजेता टोलीले फाइनलमा आयोजक राष्ट्र भारतको सामना गर्नेछ । भारतले बुधबार पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाथीभरा क्षेत्रमा भएको विवाद समाधान गर्न एमालेकाे माग
-
पाकिस्तानविरुद्ध भारतीय फास्ट बलर शामीले बनाए यस्तो खराब रेकर्ड
-
सिराहामा किशोरी मृत्यु प्रकरण : घटना ‘मिलापत्र’ गराउन खोज्ने ८ जना नियन्त्रणमा
-
एनआरएनए विवादमा सर्वोच्चको दुई पत्र : शेष घलेलाई कार्यालय बुझाउन निर्देशन (पत्रसहित)
-
माओवादीले भन्यो– रोम जलिरहेको छ, निरो बाँसुरी बजाइरहेको छ
-
मानव र वन्यजन्तु द्वन्द्व घटाउन कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान