भारतीय कप्तान रोहित शर्माको १२ वर्ष पुरानो ट्वीट किन भइरहेको छ भाइरल ?

नयाँ दिल्ली । एकदिवसीय विश्वकपमा शानदार फर्ममा चलिरहेको भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा यतिबेला करोडौँ भारतीयको नजरमा छन् । न्युजिल्याण्डविरुद्ध बुधबारको खेलमा कप्तान शर्माले विन्दास शैलीमा खेल्दै ४७ रन बनाए । देशमात्र नभएर विदेशमा पनि इनिङ्सको सुरुवातमा तीव्र गतिमा रन जुटाउने उनको अन्दाजको तारिफ भइरहेको छ ।
यसैबिच शर्माको १२ वर्ष पुरानो सन् २०११ को एक ट्वीट भाइरल भइरहेको छ । यो ट्वीट त्यतिबेलाको हो जब सन् २०११ को विश्वकपका लागि भारतीय टोलीको घोषणा गरिएको थियो । शर्माले विश्ककप टोलीमा स्थान बनाउन सकेका थिएनन् ।
शर्माले ३१ जनवरीमा आफ्नो ट्वीटर अकाउन्टमा लेखेका थिए, ‘वास्तवमा विश्वकप टोलीको हिस्सा हुन नसक्दा निकै दुःखी छु । म यसलाई बिर्सेर अगाडि बढ्नुपर्छ । तर, इमानदार भएर भन्दा यो ठुलो झट्का हो ।’
शर्माले पछिल्लो १२ वर्षमा जसरी क्रिकेटका तीनवटै फर्म्याटमा आफूलाई स्थापित गरेका छन्, त्यसले उनी साँच्चिकै अगाडि बढेको पुष्टि हुन्छ । शर्मालाई मात्र नभएर भारतीय टोलीका हालका प्रमुख प्रशिक्षक राहुल द्रविडलाई पनि सन् २०११ को विश्वकप टोलीको हिस्सा बनाइएको थिएन ।
भारतीय टोलीले सन् २०२३ को विश्वकप जितेको खण्डमा कप्तान शर्मा र प्रशिक्षक द्रविडले विश्व विजेता टोलीको हिस्सा नभएको दुःखलाई खुसीमा बदल्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग