रुपन्देहीको तिलोत्तमा विश्वभरका नगरपालिकाहरूको संस्था सिटीनेटको सदस्य

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विश्वभरका नगरपालिकाहरूको संस्था (सिटीनेट ) को सदस्यता प्राप्त गरेको छ । विश्वका नगरहरू बिच आपसी सहयोग र सहकार्यमा जोड दिने मञ्चको रूपमा रहेको उक्त संस्थामा तिलोत्तमा नगरपालिकाले प्रवेश पाएको हो ।
दक्षिण कोरियाको सियोलमा सचिवालय रहेको यस संस्थाको कार्यसमितिमा सर्वसम्मत रूपमा तिलोत्तमालाई सदस्यता प्रदान गरेको तिलोत्तमा नगरपालिका मेयर रामकृष्ण खाँणले बताए । विश्वभरका नगरपालिकाहरू सदस्यता प्राप्त गर्नका लागि आकर्षित हुने यस संस्थामा आविद्धतासँगै तिलोत्तमाले विकासमा थप एक खुड्किलो उक्लिन सफल भएको उनले दाबी गरे ।
सिटीनेट सन् १९८७ मा स्थापित सहरको विकासका लागि प्रतिबद्ध निकाय र संस्था आबद्ध भएको संस्था हो। एसिया प्रशान्त क्षेत्रका विभिन्न नगरपालिकालगायत अन्य सरोकारवाला आबद्ध रहेको संस्था ‘सिटीनेट’ले सहरलाई विकसित र समृद्ध बनाउनका लागि नेतृत्व गरिरहेका नेतृत्वकर्ताको क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने जनाएको छ । यस्तै सिटीनेटसँग आबद्ध भएका नगर र सङ्घसंस्थाबिच असल अभ्यास र अनुभव आदानप्रदान गर्ने गरिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण कहिले हुन्छ सार्वजनिक ?
-
ग्रिनल्यान्डको संसदीय चुनावमा अति राष्ट्रवादी पार्टीलाई सबैभन्दा बढी मत प्राप्त
-
कर्णाली मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?
-
पक्लिहवा कृषि क्याम्पसमा निर्वाचन अधिकृतको राजीनामा माग्दै तालाबन्दी
-
लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माण गर्न पाउँछन् : अध्यक्ष राई
-
न्यून भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’