चीनले विश्वकै सर्वाधिक द्रुत गतिमा चल्ने इन्टरनेट बनाएको दाबी
बेइजिङ । चीनले उन्नत खाले इन्टरनेट नेटवर्क सुरु गरेको छ । यो संसारकै सर्वाधिक द्रुत गतिमा चल्ने इन्टरनेट भएको दाबी चीनको छ । चिनियाँ दूरसञ्चार उपकरण निर्माता कम्पनी हुवावेको यो इन्टरनेटको गति प्रति सेकेन्ड १.२ टिबी (१ हजार २ सय जिबी) हुन्छ । यो एक सेकेन्डमै १५० ओटा फिल्मको डेटा ट्रान्सफर गर्न पर्याप्त भएको बताइएको छ ।
तर इन्टरनेटको यो गति सैद्धान्तिक हो । उपभोक्ताको घरसम्म पुग्दा नेट यही गति भने पक्कै पनि चल्दैन । तर अहिले चलाइरहेको इन्टरनेट भन्दा चाहिँ यो निकै धेरै हो । यतिको तीव्रता अनि छिटो गतिको इन्टरनेट सेवा उपलब्ध हुनु व्यवसाय, शेयर कारोबार र राष्ट्रिय सुरक्षा समेतका मामिलामा ठुलो अर्थ राख्ने विश्लेषण गर्न लागिएको छ । यही हप्ता एउटा पत्रकार सम्मेलनमा हुवावे र चाइना मोबाइलले आधिकारिक रूपमा त्यहाँको पाँचौँ पुस्ताको ब्याकबोन नेटवर्क लन्च गरेका थिए ।
ब्याकबोन नेटवर्क फरक खाले भौगोलिक अवस्थितिमा समेत इन्टरनेटको ट्राफिक चल्न सक्ने नेटवर्क पूर्वाधार हो । यसले ५ जी र विद्युतीय सवारी साधन जस्ता धेरै डेटा खपतलाई पनि सपोर्ट गर्छ । अहिले यो सेवा सीमित स्थानमा मात्रै उपलब्ध छ । कम्पनीले देशभर सेवा विस्तारबारे केही पनि बताएको छैन । हुवावेले तीव्र गतिको इन्टरनेटको परीक्षण यही गर्मीयाम देखि सुरु गरेको थियो । तर सर्वसाधारणमा सेवा प्रवाह भने विज्ञहरूले अपेक्षा गरेको भन्दा २ वर्ष अगाडि नै भएको छ । यसलाई केही विज्ञहरूले विश्वको सबैभन्दा उन्नत इन्टरनेट नेटवर्क बताइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौबिस वर्षदेखि वनपाखामा भेँडाबाख्रासँग रमाएका दुरजङ
-
बागमतीका ५ सहकारी ‘समस्याग्रस्त’ घोषित, कसको दायित्वमा कति रकम ?
-
प्रयागराज महाकुम्भमेला : धार्मिक पर्यटन प्रवर्द्धन गर्न उपयोगी
-
बाँकेमा भेटिए बीस प्रजातिका चरा
-
रुसी राष्ट्रपतिलाई ट्रम्पको चेतावनी-युक्रेन युद्ध समाप्त गर्ने कि आर्थिक दण्ड भोग्ने ?
-
पश्चिमी न्यून चापीय प्रणाली सक्रिय, यी स्थानमा वर्षा र हिमपातको सम्भावना