स्वस्तिमाले भनिन्– ‘लडाई टाइगरसँग होइन, हामीलाई दास बनाउनेहरूसँग हो’
![स्वस्तिमाले भनिन्– ‘लडाई टाइगरसँग होइन, हामीलाई दास बनाउनेहरूसँग हो’](https://npcdn.ratopati.com/media/news/swostima_vZE8myFmuQ.jpg)
काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काले प्रदर्शकले फिल्म ‘दिमाग खराब’ लाई हल नदिनु दादागिरी भएको बताएकी छन् । उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै यस्तो धारणा राखेकी हुन् ।
भक्तपुरस्थित क्युएफएक्समा आज बिहानको ‘दिमाग खराब’ र ‘टाइगर ३’ को बुकिङ स्क्रिन सट समेत पोस्ट गर्दै लेखेकी छन्, ‘भक्तपुरस्थित क्युएफएक्समा आज ‘दिमाग खराब’ र ‘टाइगर ३’ को बुकिङ अवस्था यस्तो छ । ‘टाइगर ३’ को बुकिङ घट्दै जाँदा पनि जबरजस्ती शो सङ्ख्या बढाइएको छ । बुकिङ रातै हुँदा पनि ‘दिमाग खराब’ लाई शो नदिएर हेपिएको छ । यो दादागिरी हो ।’
उनले आफूहरूको लडाई ‘टाइगर ३’ सँग नभएर उसलाई राजा बनाएर अरूलाई दास बनाउनेहरूसँग भएको समेत बताएकी छन् । बुधवार फिल्मका निर्देशक निश्चल बस्नेत तथा निर्माता रौनक विक्रम कँडेलले एक विज्ञप्ति जारी गर्दै फिल्मको राम्रो व्यवसाय हुँदा हुँदै पनि हलवालले शो का लागि अन्याय गरेको भन्दै न्याय नभए शुक्रवारबाट फिल्म हलबाट उतार्ने घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘भन्सार एजेण्ट नियुक्तिको प्रावधानलाई थप प्रभावकारी बनाऔँ’
-
छोरीलाई शिक्षा दिएर बालविवाह रोकथाम गर्न सकिन्छ : मुख्यमन्त्री सिंह
-
पाइप फुटेपछि जलमग्न बन्यो बबरमहल, तस्बिरहरू
-
नयाँ प्रतिभा तान्न कम्पनीले दियो निःशुल्क रक्सी र ह्याङओभर बिदाको अफर
-
सकियो ‘सोल्टिनी’को छायाङ्कन
-
अस्ट्रेलियाको ७ सहरमा गुन्जँदै नेपथ्य