उपत्यकाका वाणिज्य बैंकका अधिकांश एटीएम ‘आउट अफ सर्भिस’

काठमाडौं । उपत्यकामा अधिकांस वाणिज्य बैंकका एटीएम ‘आउट अफ सर्भिस’ रहेको पाइएको छ । चाडबाडमा धेरै कारोबार हुने समयमा वाणिज्य बैंकहरूले सञ्चालन गरेको एटीएम बुथमा रकम नै नरहेको पाइएको हो ।
नेपाल सरकार र केन्द्रीय बैंक लगायत स्वयं वाणिज्य बैंकले समेत बैंकमा कम आउन सेवाग्राहीलाई प्रोत्साहन गर्ने नीति लिएका छन् । यसका लागि एटीएम र मोबाइल बैंकिङको प्रयोग गर्न सेवाग्राहीलाई प्रोत्साहन गर्ने नीति बैंकहरूको छ ।
तर, सबैभन्दा धेरै रकम खर्च हुने समयमा अधिकांश एटीएमका बुथहरू खाली रहेको पाइएको हो । यो समयमा वाणिज्य बैंकहरूको कार्यालय समेत खुल्दैन । दसैँ र तिहारको समयमा सबैभन्दा धेरै कारोबार गर्ने नेपालीको प्रचलन छ । यही समयमा वाणिज्य बैंकहरूको बुथमा राखिएको रकम खाली भएपछि थप रकम नराख्दा ‘आउट अफ सर्भिस’ भएका हुन् ।
रातोपाटीले गरेको निरीक्षणका क्रममा उपत्यकाका अधिकांश वाणिज्य बैंकको एटीएम बुथ खाली भएर ‘आउट अफ सर्भिस’ भएका छन् । पुतलीसडकमा रहेको एनआईएमबी बैंकको एटीएम बुथ २९ गते नै आउट अफ सर्भिस थियो । यसबाहेक, आज एनआईसी एसिया बैंकको एलआरआई स्कुल कलङ्की, ओम साइबाबा हस्पिटल, नर्सरी चोक, खरिबोटमा समेत सेवा उपलब्ध छैन ।
यसबाहेक सिद्धार्थ बैंकको नर्सरी चोक कलङ्की, ग्लोबल आईएमई बैंकको वनस्थली र खरिबोटका एटीएम बुथमा रकम छैन । यस्तै, प्रभु बैंकको ढुंगेधारा र बालाजु चोकमा रहेका एटीएम बुथमा आवश्यक रकम छैन । बैंकहरूले सञ्चालन गर्ने एटीएम बुथमा एक पटकमा १५ देखि १६ लाख रुपैयाँ रकम हुन्छ ।
तिहार अघि राखेको रकम सकिएकाले एटीएम बुथ आउट अफ सर्भिस भएको हुन सक्ने नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गाना बताउँछन् । उनका अनुसार तिहारको समयमा धेरै रकम झिकिने भएकाले बुथ खाली भएका हुन सक्छन् । तर, बैंकहरूले बुथमा थप रकम राख्न नपाउँदा यस्तो समस्या आएको हुन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु