३४ खेलमा अपराजित रहेपछि अस्ट्रेलियाको भोगेको त्यो नमिठो हार

काठमाडौँ । सन् २०११ को आईसीसी एकदिवसीय विश्वकप दक्षिण एसियाली राष्ट्र भारत, श्रीलंका र बंगलादेशले संयुक्त रूपमा आयोजना गरेका थिए । त्यो विश्वकपको फाइनलमा भारतले श्रीलंकालाई हराउँदै दोस्रो पटक उपाधि हात पारेको थियो ।
तर, त्यो विश्वकपमा तत्कालीन साबिक विजेता अस्ट्रेलियासँग भने केही दुःखद संयोग जोडिएको थियो । अस्ट्रेलिया बल्लतल्ल समूहगत चरण पार गर्दै त्यो विश्वकपको क्वार्टरफाइनलमा पुगेको थियो । त्यसपछि क्वार्टरफाइलमै अस्ट्रेलियन टोली भारतसँग पराजित हुन पुगेको थियो ।
त्यो विश्वकपमा अस्ट्रेलियाको दुःखद क्षण समूहगत चरणबाटै सुरु भएको थियो । मार्च १९ तारिखमा खेलिएको समूहगत चरणको खेलमा अस्ट्रेलियन टोली पाकिस्तानसँग चार विकेटले पराजित भएको थियो । खासमा अस्ट्रेलियन टोलीका लागि त्यो हार निकै निराशाजनक थियो । त्यसअघि अस्ट्रेलियन टोली एकदिवसीय विश्वकपमा लगातार ३४ खेलमा अपराजित रहँदै आएको थियो ।
सन् १९९९ को मे २७ तारिखयता विश्वकपमा खेलेको आफ्नो ३२ खेलमा अस्ट्रेलिया विजयी भएको थियो । बाँकी एक खेल बराबरीमा सकिएको थियो भने एक खेल अनिर्णीत रूपमा टुङ्गिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विधेयक पारित गरेर प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित
-
१५ अङ्कले घट्याे नेप्से परिसूचक, सात अर्ब ५७ करोडको कारोबार
-
३० हजार घुस लिएको आरोपमा सई खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हाम फालेका सिंहको उपचारका क्रममा मृत्यु
-
साना तथा मझौला उद्योगको आईपीओमा किन परेन आवेदन ?
-
वर्तमान शासन व्यवस्थाको विकल्प छैन : प्रचण्ड