चिनियाँ कम्युनिस्ट पार्टीले दलहरूलाई दियो २ करोड ७४ लाख बराबरको राहत सामाग्री

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपाली राजनीतिक दलहरूलाई २ करोड ७४ लाख ७५ हजार बराबरको राहत सामाग्री उपलब्ध गराएको छ ।
बुधबार होटेल याक एण्ड यतिमा मुख्य दलका नेताहरूको उपस्थितिमा सो राहत सामाग्री हस्तान्तरण गरेको हो । कर्णाली प्रदेशका भूकम्पीडितहरूका लागि राजनीतिक दलहरुमार्फत प्रभावित क्षेत्रमा पुर्याउने कांग्रेसका नेता रामहरि खतिवडाले बताए । छठ पर्वपछि उक्त सामाग्री भूकम्पपीडितलाई हस्तान्तरण गर्ने खतिवडाले बताए ।
‘चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले २ करोड ७४ लाख ७५ हजार बराबरको राहत सामाग्री नेपाली राजनीतिक दलहरूलाई हस्तान्तरण गरेको छ । अब छठलगत्तै उक्त सामाग्री एक द्वार प्रणालीमार्फत भूकम्पपीडितलाई हस्तान्तरण गरिन्छ’, खतिवडाले रातोपाटीसँग भने ।
खतिवडाका अनुसार दलहरूलाई छुट्टाछुट्टै राहत सामाग्री उपलब्ध गराएको हो । हस्तान्तरण कार्यक्रममा माओवादी केन्द्रबाट महासचिव देव गुरुङ, कांग्रेसबाट खतिवडा, एमालेबाट विदेश विभाग प्रमुख राजन भट्टराई, जसपाबाट वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीबाट केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठ सहभागी भएको खतिवडाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनएसएल फुटबल : धनगढीले काठमाडौँ रेजर्सलाई हरायो
-
चितवनमा गोली लागेर सैनिक जवानको मृत्यु
-
ट्राफिकले सवारी चालकको चाबी थुत्न मिल्छ ? यस्तो छ उच्च अदालतको व्याख्या
-
शिक्षक र शिक्षा मन्त्रालयबीच छलफल
-
जापानमा तीव्र हावाहुरीको चेतावनी, पश्चिम र पूर्वी क्षेत्र प्रभावित
-
युवराजले भने, ‘राजतन्त्र फर्कने कुनै सम्भावना छैन’