टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द नगराउने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले टिकटक बन्द नगराउने इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको हो ।
प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटक बन्द गर्न निर्देशन दिइसकेको भएपनि केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको र टिकटक प्रयोग भइरहेको भन्दै तत्काल निर्देशन कार्यान्वयन गरी जानकारी गराउन आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ,'प्राधिकरणको निर्देशन/आदेशको पालना गर्नु सेवा प्रदायकको कर्तव्य हुने र सेवा प्रदायकले त्यस्तो निर्देशन/आदेशको पालना नगर्दा दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुनसक्ने ब्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइएको छ ।'
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सरकारको निर्णय कार्यान्वयन गर्न प्राधिकरणले सेवा प्रदायक कम्पनीलाई तत्काल टिकटक बन्द गर्न निर्देशन दिएको थियो । केही सेवा प्रदायक कम्पनीले निर्देशन कार्यान्वयन नगरेको भन्दै प्राधिकरणले आदेशको पालना नगरे दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम कारबाही गरिने चेतावनी दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी राजमार्गको क्षतिग्रस्त खण्डको मर्मत सुरु
-
आज ८ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
‘साइबर अपराध नियन्त्रणमा मेटा र टिकटक सहयोगी, अरूको बेवास्ता’
-
नेपालमा लगानी भित्र्याउन संविधान प्रदत्त अधिकार कार्यान्वयन अनिवार्य : केसी
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
दुई दलीय स्वार्थको टकरावले मधेश कृषि विश्वविद्यालय बन्द !