१० किलोमिटर दौडका विजेता पुरस्कृत

रौतहट । रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहियामा दीपावली तथा छठ पर्वको अवसरमा आयोजित १० किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार नेपाल समाज विकास केन्द्रले आयोजना गरेको उक्त १० किलोमिटर दौड भएको हो ।
प्रतियोगितामा सहभागी पाँच किशोर र पाँच किशोरीहरु पुरस्कृत भएका छन् । सरस्वती मावि खेसरहियाबाट सुरु भएको दौड सखुअवा, जयनगर र दीपही हुँदै पुनः विद्यालयमा फिर्ता भएको थियो ।
प्रतियोगितामा किशोरीतर्फ प्रथम फूलकन्चन कुमारी सहनी, द्वितीय अनु कुमारी सहनि, तृतीय अमृता रजक, चौथो मनिषा कुमारी चौधरी, पाँचौँ रिना कुमारी सहनि भएका थिए।
यस्तै किशोरतर्फ प्रथम अजेश कुमार राम, द्वितीय कविन्द्र कुमार शर्मा, तृतीय राजा महतो, चौथो रतनेश राउत, पाँचौँ विक्रम महतो भएका छन् ।
विजेताहरूलाई माधव नारायण नगरपालिकाका मेयर बैजु यादव र वडा–२ का वडाध्यक्ष राम विश्वास साहले संयुक्त रूपमा मेडल तथा प्रमाणपत्र प्रदान प्रदान गरेको स्थानीय समाजसेवी संजय महतोले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेपलाञ्चोकमा बाढीपहिरो : लाभग्राही नटुङ्गिँदा राहत अनिश्चित
-
प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित
-
कुलमानलाई ऊर्जामन्त्री खड्काको २४ घण्टे स्पष्टीकरण
-
अन्य दलसँग संघर्षभन्दा बढी नै समन्वय गर्दा पार्टी कमजोर भयो : प्रचण्ड
-
च्याम्पियन्स ट्रफीमा वर्षाले सधैँ किन लखेट्छ अस्ट्रेलियालाई ?
-
उपचारात्मक क्षेत्रमा नागरिकलाई बढी सुविधा दिने कुरामा सरकार गम्भीर छ : मन्त्री पौडेल