परदेशबाट चिठी
मङ्गलबार, २८ कात्तिक २०८०, १० : ५६

छ वर्ष भयो बिरानो ठाउँमा आएको छु
बाहिर देख्नेलाई त टन्न पैसा कमाएको छु
भन्नेहरुले त क्या मज्जा छ है भन्छन् तँलाई
तर मलाई थाहा छ, कस्तो जीवन पाएको छु
पिर नगर है मेरी आमा आरामै छु म यहाँ
पैसा नकमाए पनि एक गाँस खाना खाएको छु
ठूलो सपना थियो बजारमा ठूलो घर बनाउने
कल्पनामा भएपनि बजारमा घर बनाएको छु
बाँचे फर्की आउँला, नेपालमै रमाउँला
मारे भने लास नेपाल ल्याउने पैसा बचाएको छु ।
बेनी–२, बगरफाँट, म्याग्दी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ‘तरल नाइट्रोजन प्लान्ट’ बन्दै
-
पुलिसलाई हराउँदै आर्मी केपी ओली कपको सेमिफाइनलमा
-
महाशिवरात्रीको ट्राफिक व्यवस्थापनमा ८९० जना ट्राफिक प्रहरी खटिने, कहाँ-कहाँ छ पार्किङ सुविधा ?
-
ट्रम्पको कार्यकारी आदेशले यूएसएडका तीन कार्यक्रम रोकिए : अर्थ मन्त्रालय
-
बंगलादेशको एयरफोर्स बेसमा हमला, एक जनाको मृत्यु
-
हेरा फेरीको सिक्वेलसँग असन्तुष्ट थिए परेश रावल