मेस्सीविरुद्ध विश्वकप छनोट खेल्न टोलीमा फर्किए लुइस स्वारेज

काठमाडौँ । सन् २०२६ मा आयोजना हुने विश्वकप फुटबल प्रतियोगिताको छनोट खेल खेल्न उरुग्वेका प्रभावशाली स्ट्राइकर लुइस स्वारेज राष्ट्रिय टोलीमा फर्किएका छन् । उरुग्वेले एक साताभित्र दुईवटा विश्वकप छनोट खेल खेल्ने तालिका रहेको छ ।
दक्षिण अमेरिकी क्षेत्रको छनोट प्रतियोगितामा नेपाली सयमअनुशार, शुक्रबार विहान उरुग्वेले लियोनल मेस्सीको राष्ट्र अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । त्यो खेल अर्जेन्टिनाको घरेलु मैदानमा खेलिने छ । अर्जेन्टिना विश्वकप विजेता राष्ट्र पनि हो ।
त्यसको पाँच दिनपछि उरुग्वेले घरेलु मैदानमा बोलिभियाको सामना गर्नेछ । ३६ वर्षीय स्वारेज हाल ग्रेमियोबाट ब्राजिलियन लिग खेल्छन् । उनी ब्राजिलियन लिगमा सर्वाधिक गोल गर्ने खेलाडीमध्येका एक हुन् । यही वर्ष ग्रेमियोमा आबद्ध भएका स्वारेजले ब्राजिलियन लिगको २९ खेलमा १४ गोल गरिसकेका छन् ।
कुनै समय मेस्सी र स्वारेज दुबै स्पेनिस ला लिगा क्लब बार्सिलोनाबाट एकसाथ फुटबल खेल्थे । दक्षिण अमेरिकी क्षेत्रको छनोट प्रतियोगितामा हालसम्म सहभागी १० वटै राष्ट्रले चार—चार खेल खेलिसकेका छन् । चारवटै खेलमा सफलता हात पारेको अर्जेन्टिना १२ अंकसहित तालिकाको पहिलो स्थानमा छ ।
दुई जित, एक बराबरी र एक हारबाट सात अंक बटुलेको उरुग्वे तालिकाको दोस्रो स्थानमा छ । सात—सात अंकसहित ब्राजिल तेस्रो र भेनेजुएला चौथो स्थानमा आसिन छन् । ६ अंकसहित कोलम्बिया पाँचौँ स्थानमा छ ।
यसैगरी चार अंक जोडेको इक्वेडर छैठौँ, समान अंकसहित पाराग्वे सातौँ र चिली आठौँ स्थानमा आसिन छन् । नवौँ स्थानमा रहेको पेरुले भने हालसम्म एक अंकमात्र बटुल्न सकेको छ । चारवटै खेलमा पराजित भएको बोलिभिया दशौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुडुचेरीका विधायकहरू अनुभव आदानप्रदानका लागि पोखरामा
-
हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवा विस्तार हुँदै
-
सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला देशभरको मौसम ?
-
क्यानाडा, मेक्सिको र चीनमाथि आयातकर लगाउने ट्रम्पको अडानले अमेरिकी शेयर बजार ‘ध्वस्त’
-
गणेशजीको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
माथिल्लो राहुघाट जलविद्युत आयोजनाको काम अन्तिम चरणमा