बलिङमा चम्किएका जाम्पादेखि सामीसम्म

काठमाडौँ । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपको प्रारम्भिक चरणको खेल सकिँदासम्म बलिङमा अस्ट्रेलियाका एडम जाम्पादेखि भारतका मोहम्मद सामीसम्मले उत्कृष्ट प्रदर्शन गरेका छन् । सर्वाधिक विकेट लिने बलरको सूचिमा जाम्पा पहिलो स्थानमा छन् । उनले हालसम्म २२ विकेट लिइसकेका छन् । उनले जारी विश्वकपको एउटै खेलमा केवल आठ रन खर्चिएर चार विकेट लिएका थिए ।
सर्वाधिक विकेट लिने बलरको सूचिमा श्रीलंकाका दिल्सान मदुसानका दोस्रो स्थानमा छन् । उनले हालसम्म २१ विकेट लिइसकेका छन् । यद्यपि, उनको टोली उपाधिको होडबाट बाहिरिइसकेको छ । उनले एउटै खेलमा ८० रन खर्चिएर पाँच विकेट लिएका थिए ।
सर्वाधिक विकेट लिने बलरको सूचिमा दक्षिण अफ्रिकाका जेराल्ड कोट्जी र पाकिस्तानका साहिन शाह अफरिदी संयुक्त रुपमा तेस्रो स्थानमा छन् । यी दुबैले १८—१८ विकेट लिएका छन् । भारतका जसप्रित बुमराह र दक्षिण अफ्रिकाका मार्को जानसेन संयुक्त रुपमा चौथो स्थानमा छन् । उनीहरुले संयुक्त रुपमा १७—१७ विकेट लिएका छन् ।
एकै पालीमा उत्कृष्ट प्रदर्शन गर्ने बलर भने भारतका मोहम्मद सामी हुन् । उनले श्रीलंकाविरुद्धको खेलमा पाँच ओभर बलिङ गर्दै १८ रन खर्चिएर पाँच विकेट लिएका थिए । भारतकै रविन्द्र जडेजाले पनि दक्षिण अफ्रिकाविरुद्धको खेलमा नौ ओभर बलिङ गर्दै केवल ३३ रन खर्चिएर पाँच विकेट लिएका थिए ।
सबैभन्दा बढी मेडन ओभर फाल्ने बलर भने दक्षिण अफ्रिकाका कागिसो राबडा हुन् । उनले जारी विश्वकपको आठ पालीमा सातवटा मेडन ओभर फालेका थिए । यसका अतिरिक्त जारी विश्वकपमा सबैभन्दा बढी ‘डट बल’ फाल्ने बलर भारतका जसप्रित बुमराह हुन् । उनले नौ पालीमा तीन सय तीनवटा ‘डट बल’ फालेका छन् ।
सबैभन्दा बढी ‘डट बल’ फाल्ने बलरको सूचिमा न्युजिल्यान्डका ट्रेन्ट बोल्ट दोस्रो स्थानमा छन् । उनले नौ पालीमा कुल दुई सय ९० वटा ‘डट बल’ फालेका थिए । दक्षिण अफ्रिकाका केशव महाराजले पनि नौ पालीमा दुई सय ८२ वटा ‘डट बल’ फालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला