रचिन र डेभोनले बनाएको यो कीर्तिमान

काठमाडौँ । न्युजिल्यान्ड लगातार दोस्रो पटक आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनलमा पुगेको छ । यसपटक न्युजिल्यान्डलाई विश्वकपको सेमिफाइनलसम्म पुर्याउन युवा ब्याट्सम्यान रचिन रविन्द्रले महत्वपूर्ण योगदान गरे ।
जारी विश्वकपको प्रारम्भिक चरणको खेल सकिँदासम्म सर्वाधिक रनको साझेदारीको कीर्तिमान पनि न्युजिल्यान्डका रचिन र डेभोन कनवेकै नाममा लेखिएको छ । रचिन र डेभोनले इङ्ल्यान्डविरुद्धको खेलमा दोस्रो विकेटका लागि अविजित दुई सय ७३ रनको साझेदारी गरेका थिए ।
१३औँ विश्वकपमा हालसम्मको सबैभन्दा ठूलो साझेदारी पनि यही हो । यो विश्वकपमा हालसम्म दोस्रो सर्वाधिक ठूलो साझेदारीको कीर्तिमान भने अस्ट्रेलियाका डेभिड वार्नर र मिचेल मार्सको नाममा छ । वार्नर र मार्सले पाकिस्तानविरुद्धको खेलमा पहिलो विकेटका लागि दुई सय ५९ रनको साझेदारी गरेका थिए ।
यसैगरी तेस्रो ठूलो साझेदारी भारतका श्रेयस ऐयर र केएल राहुलको नाममा छ । ऐयर र राहुलले नेदरल्यान्ड्सविरुद्धको खेलमा चौथो विकेटका लागि दुई सय आठ रनको साझेदारी गरेका थिए । चौथो ठूलो साझेदारी दक्षिण अफ्रिकाका रासी भान डेर डुसेन र क्विन्टन डी ककको नाममा छ ।
डुसेन र डी ककले श्रीलंकाविरुद्धको खेलमा दोस्रो विकेटका लागि दुई सय चार रनको साझेदारी गरेका थिए । यो सूचिमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल र प्याट कुमिन्स पाँचौँ स्थानमा छन् । म्याक्सवेल र कुमिन्सले अफगानिस्तानविरुद्धको खेलमा आठौँ विकेटका लागि अविजित दुई सय दई रनको साझेदारी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् सरकार र शिक्षकहरूबिच भएका ९ बुँदे सहमति
-
विद्यालय शिक्षा विधेयक तपाईंहरूकै घरमा लैजान्छौँ : गृहमन्त्री लेखक
-
शिक्षकको माग पूरा गर्दा सरकारलाई करिब ८ अर्ब दायित्व बढ्ने
-
विद्यालय शिक्षा विधेयक पारित गर्ने सम्बन्धमा सत्तापक्षले गरेको लिखित प्रतिबद्धता सार्वजनिक
-
सरकारसँग सहमति भएपछि रोकियो शिक्षकहरूको आन्दोलन
-
सरकार र शिक्षकहरूबिच ९ बुँदे सहमति, पत्रकार सम्मेलनमार्फत सार्वजनिक