विश्वकपमा श्रीलंका र नेदरल्यान्ड्स बने अभागी टोली
काठमाडौँ । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनल समीकरण पुरा भएको छ । जारी विश्वकपको सेमिफाइनल समिकरणसँगै सन् २०२५ मा आयोजना हुने आईसीसी च्याम्पियन्स ट्रफीमा सहभागी हुने टोलीको पनि टुंगो लागेको हो ।
यो विश्वकपमा टेस्ट राष्ट्र श्रीलंका र एसोसिएट्स सदस्य राष्ट्र नेदरल्यान्ड्स सबैभन्दा अभागी सावित भएका छन् । जारी विश्वकपमा सहभागी अन्य आठ वटै राष्ट्रले भने कुनै न कुनै उपलब्धि हासिल गरेका छन् ।
प्रारम्भिक चरणको खेलको समाप्तिपछि १८ अंकसहित भारत पहिलो, १४ अंकसहित दक्षिण अफ्रिका दोस्रो, १४ अंकसहित अस्ट्रेलिया तेस्रो र १० अंकसहित न्युजिल्यान्ड चौथो हुँदै विश्वकपको सेमिफाइनल चरणमा पुगेका छन् ।
आयोजक भारत यो विश्वकपको प्रारम्भिक चरणमा सबै खेल जित्ने एकमात्र राष्ट्र बन्यो । भारतले प्रारम्भिक चरणको आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सलाई एक सय ६० रनको फराकिलो अन्तरले हराएको थियो ।
अब प्रतियोगिताको आगामी बुधबार खेलिने पहिलो सेमिफाइनल खेलमा आयोजक राष्ट्र भारतले न्युजिल्यान्डको सामना गर्नेछ । त्यसपछि बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकासँग भिडन्त गर्नेछ ।
यसदेखि बाहेक जारी विश्वकपमा सहभागी १० मध्ये श्रीलंका र नेदरल्यान्ड्सवाहेक अन्य सबै टोली आईसीसी च्याम्पियन्स ट्रफीका लागि छनोट भएका छन् । च्याम्पियन्स ट्रफी सन् २०२५ मा पाकिस्तानमा आयोजना हुँदैछ ।
यो विश्वकपको अंक तालिकामा पहिलोदेखि सातौँ स्थानसम्म रहने टोली च्याम्पियन्स ट्रफीमा छनोट हुने प्रावधान राखिएको थियो । तर, पाकिस्तानले आगामी च्याम्पियन्स ट्रफीमा आयोजक राष्ट्रको हैसियतले सहभागिता जनाउन पाउने छ ।
यो विश्वकपमा पाकिस्तान अंक तालिकाको पाँचौँ स्थानमा छ । त्यसैले पाकिस्तानका स्थानमा अंक तालिकाको आठौँ स्थानमा आसिन बंगलादेशले पनि च्याम्पियन्स ट्रफी खेल्ने अवसर पाएको हो । अंक तालिकामा श्रीलंका नवौँ र नेदरल्यान्ड्स दशौँ भए । यी दुबै टोलीले चार—चार अंकमात्र बटुल्न सके ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे सोझै कारबाही
-
रिसाए पुटिन, युक्रेनको मुख्य केन्द्र भागमै क्षेप्यास्त्र प्रहारको धम्की
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओली र चीनका राष्ट्रपतिबिच भेट तयदेखि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा अलमलसम्म
-
पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना