उर्लाबारी आगलागी : केही घाइतेको अवस्था गम्भीर
विराटनगर । मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा भएको आगलागीमा परी घाइते भएका २८ जनामध्ये केहीको अवस्था गम्भीर देखिएको छ ।
प्रदेश सरकार मुख्यमन्त्री कार्यालयले दिएको विवरण अनुसार घाइतेहरूमध्ये विराटनगरको आर्या न्युरो अस्पतालमा रिद्दीकिरण राई र कुमार तामाङको आइसियुमा राखेर उपचार भइरहेको छ । तामाङको अवस्था गम्भीर रहेको बताइएको छ । सोही अस्पतालमा सलिम मन्सुरी, दिलकुमार आचार्य, चुणामणि प्रधान रहेका छन् ।
उनीहरूमध्ये तीनलाई डिस्चार्ज गरिने र दुई जनालाई विराटनगर अस्पतालमा लगिने बताइएको छ । यस्तै विराटनगर अस्पतालमा दिनेश शर्मा, शिवकुमार विक, दीपेन्द्र कार्की, सुमन चौधरी, रामेश्वर मरिचको, विशाल बस्नेत, कौशल गुरुङको उपचार भइरहेको छ । जसमध्ये चौधरीलाई विराटनगर बाहिर लानुपर्ने अवस्था रहेको बताइएको छ ।
विराटनगरको रेडप्लस अस्पतालमा नेत्र भण्डारी, तारामणि लिम्बू र राजन लिम्बूको उपचार भइरहेको छ । उनीहरूमध्ये तारामणि लिम्बूको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई तत्कालै विराटनगर अस्पताल लाने तयारी गरिएको छ ।
आगलागीमा परी प्रहरीतर्फ एक जना असई, एक जना हबलदार, दुई जना जवान घाइते भएका छन् । अन्य २४ जना सर्वसाधारण घाइते भएको मोरङ प्रहरीका प्रवत्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।
केही घाइतेहरूको झापाको बीएमसी, दमकको लाइफलाइन लगायतका अस्पतालमा उपचार भइरहेको छ । स्थानीय दीपक कार्कीको घर रहेको सनु पसलमा आगो लागेपछि ग्यास सिलिन्डर विस्फोट भएको हुनसक्ने प्रहरीको अनुमान छ । त्यसबाट बाटोमा हिँडिरहेकाहरू समेत घाइते भएको दाहालले बताए । ‘घाइतेहरूमध्ये कसै–कसैको ५० प्रतिशतसम्म शरीर जलेको छ,’ दाहालले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता
-
रियाल मड्रिड ला लिगाको दोस्रो स्थानमा, बार्सिलोना झन् तल ओर्लियो
-
प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको खराब लय जारी, घरेलु मैदानमै हार
-
लिभरपुलको शीर्षता थप बलियो, टोटनह्यामको पोष्टमा ६ गोल
-
नबिल बैंकद्वारा भूकम्पपीडितलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण
-
विमानस्थल विस्तारको प्रस्ताव लिएर लुम्बिनीका नेता पर्यटनमन्त्रीको 'ढोकामा'